२०८३, ८ कार्तिक आईतबार

पाँचखालमा चितुवाको आक्रमणबाट १४ जना घाइते

पाँचखालमा चितुवाको आक्रमणबाट १४ जना घाइते


धुलिखेल, २० माघ: काभ्रेको पाँचखालमा चितुवाको आक्रमणबाट १४ जना स्थानीय घाइते भएका छन् । चितुवाले पाँचखाल नगरपालिका वडा नम्बर ६ जैसिदी एकताबस्तीमा गएको शनिबारदेखि आक्रमण सुरु गरेको थियो । शनिबार चितुवाको आक्रमणबाट सरस्वती कायस्थ घाइते भएकी थिएन । आइतबार सोहि चितुवाको आक्रमणमा परी सनक बहादुर वि.क घाइते भएको र उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको वडाध्यक्ष रामशरण दुलालले जानकारी दिए ।

चितुवाको आक्रणममा परी भिम कुमारी सत्याल, बैकुण्ठ कायस्थ, अर्जुन श्रेष्ठ, कृष्ण वहादुर श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सरस्वती कायस्थ, सनक वहादुर वि.क लगायत रहेका छन् ।

वडाध्यक्ष दुलालका अनुसार सोमबार (आज) बिहान उक्त चितुवाको आक्रमणमा परी १२ जना घाइते भएका छन् । घाइते १४ जना मध्ये दुई जना बाहेक अन्यको अवस्था सामान्य रहेको उनले बताए । आक्रमण गर्ने चितुवा निन्त्रणका लागि प्रहरीलाई खबर गर्दा पनि नगएपछि आफैले नियन्त्रण गर्न खोज्दा चितुवा मरेको स्थानीयले बताएका छन् । मरेको चितुवा प्रहरीको रोहबरमा जिल्ला वन कार्यालयलाई बुझाइएको वडाध्यक्ष दुलालले बताए ।

प्रकाशित मिति : २०७६, २० माघ सोमबार  ७ : १९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना