२०८३, १९ बैशाख आईतबार

पाँचखालमा चितुवाको आक्रमणबाट १४ जना घाइते

पाँचखालमा चितुवाको आक्रमणबाट १४ जना घाइते


धुलिखेल, २० माघ: काभ्रेको पाँचखालमा चितुवाको आक्रमणबाट १४ जना स्थानीय घाइते भएका छन् । चितुवाले पाँचखाल नगरपालिका वडा नम्बर ६ जैसिदी एकताबस्तीमा गएको शनिबारदेखि आक्रमण सुरु गरेको थियो । शनिबार चितुवाको आक्रमणबाट सरस्वती कायस्थ घाइते भएकी थिएन । आइतबार सोहि चितुवाको आक्रमणमा परी सनक बहादुर वि.क घाइते भएको र उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको वडाध्यक्ष रामशरण दुलालले जानकारी दिए ।

चितुवाको आक्रणममा परी भिम कुमारी सत्याल, बैकुण्ठ कायस्थ, अर्जुन श्रेष्ठ, कृष्ण वहादुर श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, सरस्वती कायस्थ, सनक वहादुर वि.क लगायत रहेका छन् ।

वडाध्यक्ष दुलालका अनुसार सोमबार (आज) बिहान उक्त चितुवाको आक्रमणमा परी १२ जना घाइते भएका छन् । घाइते १४ जना मध्ये दुई जना बाहेक अन्यको अवस्था सामान्य रहेको उनले बताए । आक्रमण गर्ने चितुवा निन्त्रणका लागि प्रहरीलाई खबर गर्दा पनि नगएपछि आफैले नियन्त्रण गर्न खोज्दा चितुवा मरेको स्थानीयले बताएका छन् । मरेको चितुवा प्रहरीको रोहबरमा जिल्ला वन कार्यालयलाई बुझाइएको वडाध्यक्ष दुलालले बताए ।

प्रकाशित मिति : २०७६, २० माघ सोमबार  ७ : १९ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा