२०८२, १८ श्रावण आईतबार

मण्डनदेउपुर नगरपालिका सबै विद्यार्थीलाई एउटै रंगको पोसाक

मण्डनदेउपुर नगरपालिका सबै विद्यार्थीलाई एउटै रंगको पोसाक


धुलिखेल, १९ माघः काभ्रेको मण्डन देउपुर नगरपालिकाले नगर भित्रका सबै बिद्यार्थीको पोसाकको रंग एउटै गर्ने उद्देश्यले विद्यार्थीलाई धमाधाम पोसाक बितरण गरिरहेको छ । नगरपालिकाले सामुदायिक विद्यालयमा पढ्न बालबालिकालाई एउटै रंगको पोसाक वितरण गर्दै आएको छ ।

आइतबार वडा नम्बर ८ मा रहेको डेडी थुम्का माध्यामिक विद्यालयका ३ सय ३६ जना विद्यार्थीलाई पोसाक बितरण गरिएको नगरपालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार वडा नम्बर १० बाहेक अन्य सबै वडामा पोसाक वितरण भइसकेको छ । नगरपालिकाभित्र १२ वटा वडा रहेका छन् ।

अघिल्लो वर्ष योजना बनाएको पालिकाले चालु आर्थिकको मंसिर महिनाबाट पोसाक वितरण सुरु गरेको थियो । सामुदायिक विद्यालयमा पढ्ने सबै बालबालिकालाई एउटै रंगको पोसाकले समेट्ने पालिकाको योजना अनुरुप पोसाक वितरणलाई महत्व दिइएको प्रवक्ता आचार्यले बताए । ‘शैक्षिक सुधार कार्यक्रम अन्तर्गत नगरपालिकाले अघि सारेको यो पनि एउटा महत्वपूर्ण काम भित्र पर्छ, उनले खबरघरसँग भने ‘अब एउटमा मात्रै वडाको विद्यालय बाँकी छ, त्यो पनि छिट्टै समेट्छौँ ।’

नगरपालिकाले सबै बालबालिकालाई निःशुल्क पोसाक वितरण गरेको हो । मण्डनदेउपुर नगरपालिकाभित्र बाल विकास केन्द्र, आधारभूत र माध्यामिक विद्यालय गरी ४० वटा विद्यालय रहेका छन् । नगरभित्र रहेका ५ हजार २ सय बिद्यार्थीलाई एउटै रंगको पोसाक वितरण गरिएको प्रवक्ता आचार्यको भनाई छ । ‘यसअघि सरकारी विद्यालयको फरक–फरक पोसाक थिए, कतिपय विद्यालयको निजी विद्यालयको जस्तै पोसाक पनि भेटिन्थ्यो, उनले भने ‘सरकारी विद्यालयमा पढ्ने सबै बालबालिकाहरुलाई एउटै रंगको पोसाक नगरपालिकाले निःशुल्क वितरण गरिहेको छ ।’

प्रकाशित मिति : २०७६, १९ माघ आईतबार  ६ : ३४ बजे

सप्तरीमा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीको हवाइफायर : २ सय ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका–१ बडिबिरपुरमा आइतबार बिहान लागुऔषध कारोबारी

डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ घोषणा, सुरक्षा पक्षमा प्रश्न उठ्दै

काठमाडौं । डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ सुरु गर्दै नेपाली

गरिमा समृद्धि योजनाले ५.१० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रवर्द्धनमा र गरिमा क्यापिटल

बजेट कार्यान्वयनमा तिव्रता : अर्थ मन्त्रालयले थाल्यो मन्त्रालयगत छलफल

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनमा तिव्रता दिन