२०८३, १ असार मंगलबार

मण्डनदेउपुरका अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा

मण्डनदेउपुरका अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा


धुलिखेल, १३ माघः काभ्रे मण्डनदेउपुर नगरपालिकाले दुई वटा वडाका अपाङ्गता भएका ब्यक्तिलाई न्यानो कपडा वितरण गरेको छ । पालिकाले सोमबार वडा नं ५ र ६ मा सिरक, ज्याकेट र न्यानो टोपी वितरण गरेको नगर प्रबक्ता डिल्लीप्रसाद आचार्य जानकारी दिए ।

वडा नं ५ का सात र वडा नं ६ का चार गरी ११ जनालाई न्यानो कपडा बितरण गरिएको हो । यस अघि नगरपालिकाले वडा नं १, २, ३, ४, १० र ११ मा बितरण गरेको थियो ।

बाँकी रहेका ७, ८, ९ र १२ नम्बर वडाका अपाङ्गता भएका ब्यक्तिलाई पनि छिट्टै न्यानो कपडा बितरण गर्ने प्रवक्ता आचार्यले बताए । नगरपालिकाले रातो कार्ड पाएका अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०७६, १३ माघ सोमबार  ६ : २२ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई