२०८२, २ माघ शुक्रबार

पाँचखालमा आँखा उपचार केन्द्र सञ्चालन

पाँचखालमा आँखा उपचार केन्द्र सञ्चालन


धुलिखेल, १२ माघः काभ्रेको पाँचखाल नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । युवा व्यवसायी एवं नेपाल आँखा अस्पताल बाह्य शाखा सञ्चालक कल्याण ढुंगानाले पाँचखाल नगरपालिका वडा नम्बर ४ समाजकल्याण चोकमा आँखा उपचार केन्द्र स्थापना गरेका हुन् ।

आँखा उपचार केन्द्रको नगरका प्रमुख महेश खरेलले उद्घाटन गर्दै विदेश तथा शहरमा रहेका युवाहरु गाउँमा आएर व्यवसाय र सेवामा लाग्न जरुरी रहेको बताए । समृद्ध पाँचखाल नगर बनाउन सबैको साथ आबश्यक रहेको बताउँदै प्रमुख खरेलले नगरपालिकालाई मोतिविन्दु मुक्त नगर बनाउने अभियानमा आँखा केन्द्रले सहयोग पुग्ने बताए ।

आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि सामान्य आँखाको जाँच गराउन पनि धुलिखेल, बनेपा र काठमाण्डौसम्म जानुपर्ने पाँचखाल नगरपालिका भित्रका स्थानीयको बाध्यता हटेको छ ।

प्रकाशित मिति : २०७६, १२ माघ आईतबार  ९ : ०१ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा