२०८३, ७ श्रावण शुक्रबार

पाँचखालमा आँखा उपचार केन्द्र सञ्चालन

पाँचखालमा आँखा उपचार केन्द्र सञ्चालन


धुलिखेल, १२ माघः काभ्रेको पाँचखाल नगरपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । युवा व्यवसायी एवं नेपाल आँखा अस्पताल बाह्य शाखा सञ्चालक कल्याण ढुंगानाले पाँचखाल नगरपालिका वडा नम्बर ४ समाजकल्याण चोकमा आँखा उपचार केन्द्र स्थापना गरेका हुन् ।

आँखा उपचार केन्द्रको नगरका प्रमुख महेश खरेलले उद्घाटन गर्दै विदेश तथा शहरमा रहेका युवाहरु गाउँमा आएर व्यवसाय र सेवामा लाग्न जरुरी रहेको बताए । समृद्ध पाँचखाल नगर बनाउन सबैको साथ आबश्यक रहेको बताउँदै प्रमुख खरेलले नगरपालिकालाई मोतिविन्दु मुक्त नगर बनाउने अभियानमा आँखा केन्द्रले सहयोग पुग्ने बताए ।

आँखा उपचार केन्द्र सञ्चालनमा आएपछि सामान्य आँखाको जाँच गराउन पनि धुलिखेल, बनेपा र काठमाण्डौसम्म जानुपर्ने पाँचखाल नगरपालिका भित्रका स्थानीयको बाध्यता हटेको छ ।

प्रकाशित मिति : २०७६, १२ माघ आईतबार  ९ : ०१ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने