२०८३, २० आश्विन बुधबार

जब पाँचखालका मेयरले आफ्नै कोट फुकालेर बृद्धालाई लगाइदिए……….

जब पाँचखालका मेयरले आफ्नै कोट फुकालेर बृद्धालाई लगाइदिए……….


६८ वर्ष उमेर । दाह्री, जुंगा, कपाल सेत्तै । साहारा बैशाखी । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ११ खेरलथोकका गोपालप्रसाद खरेलको पहिलाको परियचय । तर केहि घण्टा बित्यो उनको परिचयमा एउटा चिज थपिएको छ मेयरको कोट उपहार पाउने ।

छोराको केहि वर्षअघि सडक दुर्घटनामा मृत्युभएपछि गोपाल र उनका श्रीमती मात्रै बस्छन घरमा । नातानातिलाई विभिन्न परोपकारी संघसंस्थाको सहयोगमा गाउँभन्दा टाढाको विद्यालयमा भर्ना गरिएको छ ।

बैशाखी बिना हिड्डुल गर्न सक्दैन गोपाल । १६ वर्षभयो उनको साहारा बैशाखी बनेको । शरीरिक रुपमा अशक्त उनीले राज्यबाट अपांगता भत्ता पाउँछन् । तर परिवारको गर्जो टार्न हम्मेहम्मे पर्छ । अपाङ्गता परिचयपत्र (ख) बाट (ग) झरेपछि दैनिकी टार्न झनै समस्या हुने भएको छ । तर जसो तसो गुजरा त चलाउँनै पर्यो ।

विहीबार उनी नगरपालिकाको कार्यालय पुगे त्यहि भत्ता पाउने कार्ड नवीकरण गर्न । उनको मनमा धोको थियो, मेयरलाई भेटेर केहि आफ्नो दुःखका कुरा साटौँ र गाउँको समस्या सुनौँ । मेयर महेश खरेल पनि कार्यालय पुगिसकेका थिए । शुक्रबार ल्होछारको सार्वजनिक बिदा हुने भएकाले विहीबार कामको अलिक चाप थियो कार्यालयमा । मानिसहरुको चहलपहल पनि ।

तै पनि मेयर खरेलसँग भेट्ने इच्छा पुरा भयो गोपालको । दुःख सुनाए । ध्यान पुर्वक कुरा सुने मेयर खरेलले । बृद्धा गोपालको कुरा सुन्दा निकै भावुक बनेका मेयर खरेलले सहकारीबाट बृद्धाले लिएको ऋण तिर्ने बाचा गरे । गोपालले सामुदायिक सहकारीबाट १८ हजार ऋण लिएका थिए । खानेपानीका लागि । ‘ब्याजपनि ८ सय रहेछ । मैले पाँचखालमै रहेको सहकारी कार्यालयमा फोन गरे । गोपाल बाले लिएको पैसा सावाँ ब्याज सबै मैले तिर्छु भने । शुक्रबार सार्वजनिक बिदा भएकाले आइतबार तिर्छु । मेयर खरेलले भने ।’

गाउँको समस्या पनि मेयरलाई सुनाए गोपालले । उनको गाउँमा खानेपानीको निकै समस्या छ । खानेपानीको शुल्क तिर्नकै लागि गोपालले प्रत्येक महिना १ हजार ३ सय रुपैयाँ बुझाउनु पर्ने सुनाए । गाउँको समस्या अनि घरको दुःख सुनेका मेयरले गोपालको शरीरमा हेरे । बृद्धा उमेर । जाडो मौसम । मेयरले बृद्धाको आङमा हेर । पर्याप्त कपडा देखेनन । अनि सोधे कपडा यत्ति हो ? गोपालले आफुसँग भएकै यतिमात्रै हो भने पछि मेयर खरेलले आफ्नै आङमा लगाइरहेको कोट फुकाले र बृद्धालाई लगाइदिए ।

मेयर खरेलले बृद्धालाई कोट मात्रै लगाइदिएनन । गाउँमा खानेपानीको समस्या पनि छिट्टै समाधान गर्ने विश्वास दिलाए ।

प्रकाशित मिति : २०७६, १० माघ शुक्रबार  ८ : ३१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको