२०८३, १९ बैशाख आईतबार

काभ्रेका यी स्थानीय तहमा तीन दिन सार्वजनिक विदा

काभ्रेका यी स्थानीय तहमा तीन दिन सार्वजनिक विदा


धुलिखेल, १० माघः तामाङ समुदायको सोनाम ल्होछार पर्व शुक्रबारदेखि सुरु हुदैँछ । ल्होछारको अवसर पारेर काभ्रेका विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन ।

बाग्मती प्रदेश सरकारले काठमाण्डौ, ललितपुर र भत्तपुर बाहेक जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ । जिल्लाको खानीखोला, रोशी, तेमाल र चौरीदेउराली गाउँपालिकाले तीन÷तीन दिन सार्वजनिक बिदा दिएका छन । शुक्रबारदेखि माघ आइतबारसम्म सार्वजनिक बिदा हुनेछ ।

धुलिखेल, बनेपा, पाँचखाल, पनौती, मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाले भने भोली मात्रै सार्वजनिक बिदा दिएका छन । त्यस्तै भूम्लु, महाभारत र बेथानचोक गाउँपालिकाले पनि शुक्रबार एकदिनका लागिमात्रै सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लामा १३ वटा स्थानीय तह रहेका छन् ।

यसैबीच सिन्धुपाल्चोक जिल्लाको लिसंखु—पाखर पालिकाले पनि ल्होछार पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सिन्धुपाल्चोककै पाचँपोखरी थाङपाल गाउँपालिकाले पनि सोनाम ल्होछारको अवसरमा तीन दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७६, १० माघ शुक्रबार  ८ : ३२ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा