२०८२, २ माघ शुक्रबार

पनौतीमा दुई सदनात्मक संसदीय बहस प्रतियोगिता

पनौतीमा दुई सदनात्मक संसदीय बहस प्रतियोगिता


धुलिखेल, ७ माघः काभ्रेको पनौती नगरपालिकामा रहेको पनौती जुनियर जेसिजले दुई सदनात्मक संसदीय बहस प्रतियोगिता हिजो सम्पन्न गरेको छ । नेतृत्वका लागि बहस भन्ने मूल नाराका साथ आयोजना गरिएको यो कार्यक्रम काभ्रेको पहिलो कार्यक्रम हो ।

कार्यक्रमलाई पनौती नगरपालिकाले आर्थिक सहयोग उपलब्ध गराएको थियो भने द रुलर लाईब्रेअरीले सहकार्य गरेको थियो । पनौती नगरपालिकाको सभाहलमा सोमबार र मंगलबार भएको उक्त कार्यक्रममा नगरपालिकाभित्र सञ्चालित विभिन्न २८ वटा माध्यमिक तहका ५६ जना विद्यार्थीहरुले सहभागिता जनाएको कार्यक्रमका संयोजक सरोज हुमागाईले जानकारी दिए । बहस कार्यक्रमको प्रमुख निर्णायक बहसकर्मी सरोज खड्का रहेका थिए भने कार्यक्रमको सभापतित्व द रुलर लाईब्रेअरीका महासचिव मनिष ढकालले गरेका थिए ।

कार्यक्रममा शारदा मावि सुन्थानका सहभागी विजेता बनेका छन् भने भालेश्वर मावि, कुशादेवी मावि, शान्तिनिकेतन माविका सहभागीहरु उपविजेता भएका थिए ।

प्रकाशित मिति : २०७६, ७ माघ मंगलबार  ७ : ०६ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा