२०८३, २० आश्विन बुधबार

इन्सेकको अर्ध बार्षिक समीक्षा धुलिखेलमा सुरु

इन्सेकको अर्ध बार्षिक समीक्षा धुलिखेलमा सुरु


धुलिखेल, ३ माघ: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को अर्ध बार्षिक समीक्षा धुलिखेलमा सुरु भएको छ । शुक्रबार र शनिबार दुई दिनसम्म समीक्षा चल्ने छ ।

अर्ध बार्षिक समीक्षाको सुरुवात गर्दै इन्सेक अध्यक्ष इन्द्रिरा श्रेष्ठले इन्सेकको आवश्यकता दिनप्रतिदिन बढ्दै गएको बताइन । संस्थाको भावना र मर्म बुझेर दुरदराजका नागरिकसम्म इन्सेक पुगेकै कारण यसको महत्व बढेको उनको भनाई छ । ‘इन्सेकको काम भनेको अधिकारको पक्षमा आम मानिसलाई सहभागि गराउने नै हो, उनले भनिन ‘हामी आम मानिसको अधिकारका बारे बेग्ला बेग्लै परियोजना मार्फत काम गरिरहेका छौ, तर गन्तब्य भनेको एउटै हो, अधिकारबाट कोहि पनि बञ्चित नहुन ।’

इन्सेक मार्फत सञ्चालन भइरहेका परियोजनाहरु आम मानिससँग सरोकार राख्ने भएकाले नै सबैको मनमस्तिष्कमा बस्न सफल भएकोभन्दै अध्यक्ष श्रेष्ठले केन्द्र, प्रदेश र जिल्ला बीच हरेक समय समन्वय हुन जरुरी रहेको बताइन ।

ब्यवस्थापन विभाग प्रमुख प्रेम प्रसाद पराजुलीले मुलुकको नयाँ संरचनासँगै इन्सेक पनि त्यहि संरचनामै रहेर काम गरिरहेको बताए । स्रोत साधनका हिसाबले नयाँ संरचना अन्तर्गत काम गर्दा केहि समस्या रहेपछि त्यसलाई समयानुकुल बनाउँदै लैजाने उनले बताए ।

वर्षभरि सञ्चालन हुने परियोजनाहरुको समीक्षा गरी थप रणनीति तय गरिने इन्सेकका निर्देशक श्रीराम बजागाईले जानकारी दिए । परियोजना सञ्चालन भइरहदाँ देखिएका कमी कमजोरीलाई समेत आगामी दिनमा नदोहोरिने गरी कार्य योजना तयार गर्ने निर्देशक बजागाईले बताए ।

देशमा पछिल्लो समय मानवअधिकारको क्षेत्रमा प्रत्यक्ष वा अप्रत्यक्ष ढंगबाट आक्रमणहरु बढ्न थालेको भन्दै उनले सामाजिक न्याय, लोकतन्त्र र मानवअधिकारको रक्षाका लागि काम गर्ने सामाजिक संस्थाहरु अझ बलियो हुनुपर्ने बताए । ‘राज्यले कतिपय कानुन र नीति सामाजिक न्यायभन्दा बाहिर गएर ल्याउने खतरा बढिरहेको छ, उनले भने ‘त्यसलाई समेत मध्यनगर राखेर हामी अझ परिमार्जित सहित सशक्त ढंगले अघि बढ्नुपर्ने अवस्था छ ।’

अर्ध बार्षिक समीक्षा कार्यक्रमा इन्सेकको केन्द्रिय कार्यालय र सात वाटै प्रदेश कार्यालयका कार्यक्रम संयोजकहरु सहभागि भएका छन ।

प्रकाशित मिति : २०७६, ३ माघ शुक्रबार  ११ : २५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको