२०८३, १८ बैशाख शनिबार

तामाङ साँस्कृतिक घेदुङमा छेवाङको नेतृत्वमा नयाँ समिति

तामाङ साँस्कृतिक घेदुङमा छेवाङको नेतृत्वमा नयाँ समिति


नेपाल तामाङ सांस्कृतिक घेदुङको छैठौं राष्ट्रिय सम्मेलनले छेवाङ तेञ्जिङ लामा अध्यक्ष रहेको नयाँ केन्द्रिय कार्य समिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा क्रमशः सरोज लामा, उषा पाख्रिन र धावा वाङ्गेल लामा चयन भएका छन् । त्यस्तै महासचिवमा दोर्जे ल्हो तामाङ, सचिवमा क्रमशः क्रान्ति योञ्जन, विशाल योञ्जन र आशिष डुम्जन रहेका छन । कोषाध्यक्षमा रामकृष्ण लो चयन भएका हुन ।

संघीय सदस्यहरुमा नुवाकोटका योजम तामाङ, ओखलढुंगाका जीवन बम्जन रौटहतका बाबू जिम्बा, काभ्रेका रन्जना तामाङ, दोलखाका कुइसाङ रुम्बा, धादिङका एम जि तामाङ र सिन्धुपाल्चोकका आस्मान लोप्चन रहेका छन । केन्द्रिय कार्यसमिति र संघीय सदस्य सबै सर्वसम्मत चयन भएको हो ।

सम्मेलन बागमती प्रदेशका उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा भएको थियो । सम्मेलनमा बोल्दै उपसभामुख तामाङले तामाङ समुदाय साँस्कृति रुपमा निकै धनी र सर्वोउत्कृष्ट भरहेको भन्दै यसलाई युवापुस्तामा हस्तान्तरण गर्न तामाङ सांस्कृतिक घेदुङको भूमिका महत्वपूर्ण रहेको बताइन । ‘हामी राज्यबाट त पछि पारिएकै समुदाय हौँ, तर हामी साँस्कृतिक रुपमा निकै धनी छौँ, उनले भनिन, यसलाई जोगाएर युवापुस्तालाई पनि आफ्नो संस्कृति, रहन, सहन सिकाउन आश्वयक छ, त्यो कामको नेतृत्व तामाङ सांस्कृतिक घेदुङको नेतृत्वले गर्नुपर्छ ।’

प्रकाशित मिति : २०७६, २ माघ बिहीबार  ९ : ०० बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा