२०८३, १८ बैशाख शनिबार

बनेपाबाट १० लाख रुपैयाँ बराबरको अवैध मोबाइलसहित दुई जना पक्राउ

बनेपाबाट १० लाख रुपैयाँ बराबरको अवैध मोबाइलसहित दुई जना पक्राउ


धुलिखेल, १ माघ इलाका प्रहरी कार्यालय बनेपाले १० लाख रुपैयाँ बराबरको अवैध मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ । बनेपा बसपार्कभित्र सुनिल खनालले सञ्चालन गर्दे आएको मोबाइल पसलबाट प्रहरीले २१ थान मोबाइल सहित खनाललाई पक्राउ गरेको छ ।

त्यस्तै बनेपाको चाँदनी चोक नजिकै सञ्चालनमा रहेको एमजीआई मोबाईल सेन्टरबाट ९ थान अबैध मोबाइल सहित सञ्चालक सुदिप दाहाल पक्राउ परेका छन । भन्सार छलेर विभिन्न कम्पनीका मोबाइल बिक्रीको लागि राखेको गोप्य सुचनाका आधारमा जाँच गर्ने क्रममा ३१ ओटा मोबाइल सेट सहित सञ्चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिए ।

पक्राउ परेका दुवैलाई राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ । पक्राउ परेकाहरुले न्यूरोडबाट मोबाइल सेट ल्याएको बताएका छन । उनीहरुले भारत हुदैँ भन्सार छलेर मोबाइल ल्याएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, १ माघ बुधबार  ३ : ०१ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा