२०८३, ७ कार्तिक शनिबार

बनेपाबाट १० लाख रुपैयाँ बराबरको अवैध मोबाइलसहित दुई जना पक्राउ

बनेपाबाट १० लाख रुपैयाँ बराबरको अवैध मोबाइलसहित दुई जना पक्राउ


धुलिखेल, १ माघ इलाका प्रहरी कार्यालय बनेपाले १० लाख रुपैयाँ बराबरको अवैध मोबाइलसहित दुई जनालाई पक्राउ गरेको छ । बनेपा बसपार्कभित्र सुनिल खनालले सञ्चालन गर्दे आएको मोबाइल पसलबाट प्रहरीले २१ थान मोबाइल सहित खनाललाई पक्राउ गरेको छ ।

त्यस्तै बनेपाको चाँदनी चोक नजिकै सञ्चालनमा रहेको एमजीआई मोबाईल सेन्टरबाट ९ थान अबैध मोबाइल सहित सञ्चालक सुदिप दाहाल पक्राउ परेका छन । भन्सार छलेर विभिन्न कम्पनीका मोबाइल बिक्रीको लागि राखेको गोप्य सुचनाका आधारमा जाँच गर्ने क्रममा ३१ ओटा मोबाइल सेट सहित सञ्चालकलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिए ।

पक्राउ परेका दुवैलाई राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ । पक्राउ परेकाहरुले न्यूरोडबाट मोबाइल सेट ल्याएको बताएका छन । उनीहरुले भारत हुदैँ भन्सार छलेर मोबाइल ल्याएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६, १ माघ बुधबार  ३ : ०१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना