२०८२, ११ माघ आईतबार

काभ्रे प्रदेशको स्थायी राजधानी नहुने पक्का

काभ्रे प्रदेशको स्थायी राजधानी नहुने पक्का


धुलिखेल, २६ पुस : प्रदेश नम्बर ३ को स्थायी राजधानी काभ्रे नहुने पक्का भएको छ । नेकपाको केन्द्रिय सचिवालय निर्देशनलाई प्रदेश संसदीय दलको बैठकले अनुमोदन गरेपछि काभ्रे प्रदेशको राजधानी नहुने पक्का भएको हो ।

संसदीय दलको बैठकमा सांसदहरुले फरक मत राखेपनि स्थायी राजधानी र नामका बारे सदनमा नेकपाका सांसदहरुले फरक प्रस्ताव दर्ता गर्न पाउने छैनन ।

काभ्रेका प्रदेश सांसद बसुन्धरा हुमागाईले काभ्रे प्रदेशको राजधानी नहुने पक्का भएको बताए । उनले आफुहरुको तर्फबाट चाल्नुपर्ने जति कदम चालिएको तर परिणाम भने उल्टिो निस्किएको बताए । ‘हामीले गर्न सक्ने जति सबै गरेकै हो, उनले भने ‘तर परिणाम हाम्रो पक्षमा आउन सकेन ।’

सासंद हुमाँगाईले थुप्रै आन्तरिक कारणले काभ्रे प्रदेशको स्थायी राजधानी हुन नसकेको बताए । तर उनले ती आन्तरिक कारण भने खुलाउन चाहेनन । ‘हामीले चुनावमा मतदातासँग गरेको वाचा पुरा गर्ने भरमदुर पहल गर्यौ, उनले भने ‘तर पार्टीको ह्वीप नमानेर जानै सकिएन ।’

यसैबीच विवेकशील पार्टीले काभ्रेको धुलिखेललाई प्रदेश ३ को राजधानी बनाउन प्रस्ताव गरेको छ । उसले आफ्नो प्रस्ताव आज प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो । प्रदेश ३ को नाम ‘वागमती’मा सहमत हुँदै राजधानी धुलिखेल हुनुपर्ने प्रस्ताव दर्ता गराएको प्रस्तावक रमेश पौडेलले बताए ।

सांसद पौडेलको यो प्रस्तावमा बिराजभक्त श्रेष्ठ र शोभा शाक्य समर्थक छन । प्रदेश ३ मा विवेकशीलका तीन सांसद छन् । संसदमा प्रतिनिधित्व गरेका नेकपा, नेपाली कांग्रेस, राप्रपा र राप्रपा संयुक्तले पनि आजै राजधानी हेटौंडा र नाम वागमतीमा सहमती जनाएर संयुक्तरूपमा प्रस्ताव दर्ता गराएका छन् ।

संसदमा दर्ता भएको प्रदेशको नामांकरण प्रस्तावका समर्थकहरुले आफ्नो भनाई राखेका थिए । प्रस्ताव माथिको छलफल समेत सुरु भएको छ । स्थायी राजधानी र नामाकरण टुंग्याउन भोली मतदान हुने छ । प्रदेशसभाको दुई तिहाइ बहुमतले नाम र राजधानी टुंगो लगाउनुपर्छ । सभामुख सानु कुमार श्रेष्ठले संसद बैठक भोली विहान ९ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २६ पुस शनिबार  ६ : ३७ बजे

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै

सिन्धुली । आगामी फागुन २१ गते हने प्रतिनिधसभा निर्वाचनमा सिन्धुली

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डरले उठाए प्रश्न : केन्द्रको निर्णय वैध छ ?

सिन्धुली: नेपाल कम्युनिष्ट पार्टीेकपा (नेकपा) भित्र निर्णय प्रक्रिया र पार्टी

सिन्धुलीको कमलामाईमा बढ्यो चुनाबी सरगर्मी, काँग्रेस छोड्दै एमाले प्रवेश

सिन्धुली: कमलामाई नगरपालिका अन्तर्गत विभिन्न वडाबाट नेपाली काँग्रेस परित्याग गरी