२०८२, २३ चैत्र मंगलबार

काभ्रे प्रदेशको स्थायी राजधानी नहुने पक्का

काभ्रे प्रदेशको स्थायी राजधानी नहुने पक्का


धुलिखेल, २६ पुस : प्रदेश नम्बर ३ को स्थायी राजधानी काभ्रे नहुने पक्का भएको छ । नेकपाको केन्द्रिय सचिवालय निर्देशनलाई प्रदेश संसदीय दलको बैठकले अनुमोदन गरेपछि काभ्रे प्रदेशको राजधानी नहुने पक्का भएको हो ।

संसदीय दलको बैठकमा सांसदहरुले फरक मत राखेपनि स्थायी राजधानी र नामका बारे सदनमा नेकपाका सांसदहरुले फरक प्रस्ताव दर्ता गर्न पाउने छैनन ।

काभ्रेका प्रदेश सांसद बसुन्धरा हुमागाईले काभ्रे प्रदेशको राजधानी नहुने पक्का भएको बताए । उनले आफुहरुको तर्फबाट चाल्नुपर्ने जति कदम चालिएको तर परिणाम भने उल्टिो निस्किएको बताए । ‘हामीले गर्न सक्ने जति सबै गरेकै हो, उनले भने ‘तर परिणाम हाम्रो पक्षमा आउन सकेन ।’

सासंद हुमाँगाईले थुप्रै आन्तरिक कारणले काभ्रे प्रदेशको स्थायी राजधानी हुन नसकेको बताए । तर उनले ती आन्तरिक कारण भने खुलाउन चाहेनन । ‘हामीले चुनावमा मतदातासँग गरेको वाचा पुरा गर्ने भरमदुर पहल गर्यौ, उनले भने ‘तर पार्टीको ह्वीप नमानेर जानै सकिएन ।’

यसैबीच विवेकशील पार्टीले काभ्रेको धुलिखेललाई प्रदेश ३ को राजधानी बनाउन प्रस्ताव गरेको छ । उसले आफ्नो प्रस्ताव आज प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो । प्रदेश ३ को नाम ‘वागमती’मा सहमत हुँदै राजधानी धुलिखेल हुनुपर्ने प्रस्ताव दर्ता गराएको प्रस्तावक रमेश पौडेलले बताए ।

सांसद पौडेलको यो प्रस्तावमा बिराजभक्त श्रेष्ठ र शोभा शाक्य समर्थक छन । प्रदेश ३ मा विवेकशीलका तीन सांसद छन् । संसदमा प्रतिनिधित्व गरेका नेकपा, नेपाली कांग्रेस, राप्रपा र राप्रपा संयुक्तले पनि आजै राजधानी हेटौंडा र नाम वागमतीमा सहमती जनाएर संयुक्तरूपमा प्रस्ताव दर्ता गराएका छन् ।

संसदमा दर्ता भएको प्रदेशको नामांकरण प्रस्तावका समर्थकहरुले आफ्नो भनाई राखेका थिए । प्रस्ताव माथिको छलफल समेत सुरु भएको छ । स्थायी राजधानी र नामाकरण टुंग्याउन भोली मतदान हुने छ । प्रदेशसभाको दुई तिहाइ बहुमतले नाम र राजधानी टुंगो लगाउनुपर्छ । सभामुख सानु कुमार श्रेष्ठले संसद बैठक भोली विहान ९ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए ।

प्रकाशित मिति : २०७६, २६ पुस शनिबार  ६ : ३७ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि