२०८३, ८ कार्तिक आईतबार

हेलम्बु गाउँपालिकाका सबै वडामा न्यायिक समितिको छलफल

हेलम्बु गाउँपालिकाका सबै वडामा न्यायिक समितिको छलफल


धुलिखेल, २५ पुसः सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले सबै वडामा न्यायिक समितिको कामकाबारे जानकारी गराउन थालेको छ । पालिकाले बिहीबार वडा नम्बर १ बाट न्यायिक समितिले गर्ने कामका बारे वडास्तरमै पुगेर छलफल गर्न थालेको हो ।

शुक्रबार वडा नम्बर २ मा पनि कार्यक्रम गरिएको न्यायिक समितिका संयोजक समेत रहनुभएका उपाध्यक्ष कोपिला पण्डितले जानकारी दिइन । कतिपयलाई पालिकामा न्यायिक समिति छ भन्ने कुरा समेत थाहा नहुदाँ न्याय पाउन मुस्किल परिरहेको गुनासो बढेपछि पालिकाले छलफललाई वडामा केन्द्रित गरेको हो । हेलम्बु गाउँपालिकामा ७ वटा वडा कार्यालय छन् । न्यायिक समितिले वडाका निर्वाचित जनप्रतिनिधि, कर्मचारी, सुचिकृत मेलमिलापकर्ता, माध्यमिक विद्यालयका सामाजिक विषय पढाउने शिक्षक, आमा समूह, युवा क्लब, वडा हेर्ने प्रहरी लगायतका सरोकारवाला निकायलाई एकै ठाउँमा राखेर छलफल गर्ने गरेको छ ।

न्यायिक समितिमा सबैभन्दा बढी श्रीमान–श्रीमतीको झै झगडाको उजुरी पर्ने गरेको उपप्रमूख पण्डितले बताइन । बलात्कारको उजुरी पनि पर्ने गरेको छ । तर बलात्कार जस्ता जघन्य अपराधका उजुरी भने जिल्ला प्रहरी कार्यालयमा पठाउने गरेको उपप्रमुख पण्डितले जानकारी दिइन । ‘गाउँपालिकामा न्यायिक समिति छ, तर धेरैलाई न्यायिक समितिमा उजुरी दिनुपर्छ भन्ने पनि थाहा नभएको हो कि भन्ने लागेर वडा स्तरमै छलफल चलाउन थालेका हौँ, उनले भनिन ‘सबै वडामा छलफल कार्यक्रम गरेर उनीहरुको सल्लाह सुझाव लिने गर्छौ ।’

प्रकाशित मिति : २०७६, २५ पुस शुक्रबार  ३ : १९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना