२०८३, १८ बैशाख शनिबार

हेलम्बु गाउँपालिकाका सबै वडामा न्यायिक समितिको छलफल

हेलम्बु गाउँपालिकाका सबै वडामा न्यायिक समितिको छलफल


धुलिखेल, २५ पुसः सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकाले सबै वडामा न्यायिक समितिको कामकाबारे जानकारी गराउन थालेको छ । पालिकाले बिहीबार वडा नम्बर १ बाट न्यायिक समितिले गर्ने कामका बारे वडास्तरमै पुगेर छलफल गर्न थालेको हो ।

शुक्रबार वडा नम्बर २ मा पनि कार्यक्रम गरिएको न्यायिक समितिका संयोजक समेत रहनुभएका उपाध्यक्ष कोपिला पण्डितले जानकारी दिइन । कतिपयलाई पालिकामा न्यायिक समिति छ भन्ने कुरा समेत थाहा नहुदाँ न्याय पाउन मुस्किल परिरहेको गुनासो बढेपछि पालिकाले छलफललाई वडामा केन्द्रित गरेको हो । हेलम्बु गाउँपालिकामा ७ वटा वडा कार्यालय छन् । न्यायिक समितिले वडाका निर्वाचित जनप्रतिनिधि, कर्मचारी, सुचिकृत मेलमिलापकर्ता, माध्यमिक विद्यालयका सामाजिक विषय पढाउने शिक्षक, आमा समूह, युवा क्लब, वडा हेर्ने प्रहरी लगायतका सरोकारवाला निकायलाई एकै ठाउँमा राखेर छलफल गर्ने गरेको छ ।

न्यायिक समितिमा सबैभन्दा बढी श्रीमान–श्रीमतीको झै झगडाको उजुरी पर्ने गरेको उपप्रमूख पण्डितले बताइन । बलात्कारको उजुरी पनि पर्ने गरेको छ । तर बलात्कार जस्ता जघन्य अपराधका उजुरी भने जिल्ला प्रहरी कार्यालयमा पठाउने गरेको उपप्रमुख पण्डितले जानकारी दिइन । ‘गाउँपालिकामा न्यायिक समिति छ, तर धेरैलाई न्यायिक समितिमा उजुरी दिनुपर्छ भन्ने पनि थाहा नभएको हो कि भन्ने लागेर वडा स्तरमै छलफल चलाउन थालेका हौँ, उनले भनिन ‘सबै वडामा छलफल कार्यक्रम गरेर उनीहरुको सल्लाह सुझाव लिने गर्छौ ।’

प्रकाशित मिति : २०७६, २५ पुस शुक्रबार  ३ : १९ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा