२०८३, १८ बैशाख शनिबार

काभ्रेमा एकैदिन तीन दुर्घटना: पाँचजनाको ज्यान गयो

काभ्रेमा एकैदिन तीन दुर्घटना: पाँचजनाको ज्यान गयो


धुलिखेल, २४ पुसः काभ्रेको पनौती नगरपालिका वडा नम्बर ११ थुम्कीमा स्काभेटर दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । विहीबार विहान पाटीखर्कबाट बल्थलीको ख्याकु जाने सडक निर्माणको काम गर्दै आएको स्काभेटर दुर्घटनामा परेको हो ।

दुर्घटनामा पनौती नगरपालिका वडा नम्बर ११ कोे १६ बर्षीय राउत के.सी. र सिन्धुपाल्चोक जिल्ला घर भई हाल पनौतीस्थित दिदीको घरमा आएका १५ बर्षीय रोशन भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

स्काभेटर सलान्दु खोला खेसेको थियो । दुर्घटनामा स्काभेटर चालक पनौती नगरपालिका वडा नम्बर ७ का २७ बर्षीय जीबन ताम्राकार घाइते हुनुभएको छ । टाउको, मुख र हातमा चोट लागेका ताम्राकारको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

विहीबार दिउँसो नै वीपी राजमार्ग अन्तर्गत पर्ने नमोवुद्ध नगरपालिकाको वडा नं. २ सेल्फीडाँडामा धुलिखेलबाट भकुण्डेबेशीतर्फ जाँदै गरेको वोल्डवाईल्ड कन्ट्रक्शन प्रा.लि. काठमाडौंको आइचर ट्रिफर दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा नै मृत्यु भएको छ । बा २ क ५ नम्बरको मिनी आईचर ट्रिफर अनियन्त्रित भई सडकबाट २ सय ५० फिट तल खसी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दिपक गिरीले जानकारी दिएका छन् । दुर्घटनामा ट्रिफरका चालक मकवानपुर टिस्टुङ पालुङका वर्ष २३ का अस्विन विष्ट र सडक विभाग बोल्ड वाईल्ड कन्ट्रक्शन प्रा.लि. काठमाडौंका सुपर भाईजर ललितपुर चुनीखेल बस्ने वर्ष २२ का बिशाल खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसैबीच रोशी गाउँपालिका वडा नम्बर ९ को पानान्चेमा बोलेरो गाडी दुर्घटना हुदाँ १ जनाको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका पानान्चेका १२ बर्षीय अलिन रानामगरको अस्पतालमा मृत्यु भएको हो ।

पानान्चेकै सती कुमारी पीठाकोटेको टाउको र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । बोलेरो चालक रोशी गाउँपालिका वडा नम्बर ६ का २३ बर्षीय टंकमान लामा पनि घाइते भएका छन् । बा.५ च.५०७४ नम्बरको बोलेरो चालक लामाको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०७६, २४ पुस बिहीबार  ४ : ३० बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा