२०८२, २ माघ शुक्रबार

काभ्रेमा क्रसर उद्योगीको मनपरी, दर्ता बिना नै बगर र पहाड रित्याउँदै (भिडियो सहित)

काभ्रेमा क्रसर उद्योगीको मनपरी, दर्ता बिना नै बगर र पहाड रित्याउँदै (भिडियो सहित)


धुलिखेल, २२ पुस काभ्रेको पनौती, नमोबुद्ध र बेथानचोक गाउँपालिकामा रहेका क्रसर उद्योग मापदण्ड विपरित चलिरहेको पाइएको छ । जिल्ला अनुगमन समिति काभ्रेले पनौतीको धनेश्वरी क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ ।

पनौती नगरपालिका वडा नम्बर ५ खड्पुमा रहेको धनेश्वरी क्रसर उद्योगका सञ्चालक तीन दिनभित्र बन्द गर्न समितिले निर्देशन दिएको हो । अनुगमनका क्रममा अवैधानिक र मापदण्डविपरीत सञ्चालन भइरहेको पाएपछि उद्योग सञ्चालक शेषनारायण सुवाललाई बन्द निर्देशन दिएको जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले जानकारी दिए ।

भिडियोमा हेर्नुस 

 

पुण्यमाता खोला र पनौती सडकसँग जोडिएको २०५२ देखि सञ्चालनमा आएको हो । अनुगमन समितिले यस्तै नमोबुद्ध नगरपालिका वडा नम्बर ४ मा २०६१ देखि सञ्चालनमा रहेको पशुपति रोडा–ढुङ्गा उद्योग दर्ता बिना नै सञ्चालन भइरहेको पाइएको छ ।

त्यसैगरी रोशी गाउँपालिका वडा नम्बर २ मा २०६५ देखि सञ्चालन भइरहेको ओम सत्यसाई स्टोन क्रसर उद्योग प्रालि पनि कतै दर्ता भएको छैन । नमोबुद्ध नपा वडा नम्बर ६ मा रहेको ब्लुसाइमन रोडा–ढुङ्गा उद्योग प्रालि र बेथानचोक गाउँपालिका वडा नम्बर ४ मा २०६६ देखि सञ्चालन भइरहेको एसएस रोडा–ढुङ्गा उद्योग पनि दर्ता नगरी सञ्चालन हुदैँ आएको पाइएको छ ।

प्रकाशित मिति : २०७६, २२ पुस मंगलबार  ६ : १८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा