२०८३, १८ बैशाख शनिबार

पाँचखाल ११ का कृषकलाई ट्याक्टर

पाँचखाल ११ का कृषकलाई ट्याक्टर


धुलिखेल, २१ पुसः काभ्रेको पाँचखाल नगरपालिकाले वडा नम्बर ११ मा २५ ओटा हाते ट्याक्टर बितरण गरेको छ । गोरुको बिकल्पका रुपमा खेतवारी जोत्न ५० प्रतिशत अनुदानमा ट्याक्टर बितरण गरिएको वडाध्यक्ष शिवसरल लामाले जानकारी दिए । वडामा सोमबार एक कार्यक्रमको आयोजना गरी ट्याक्टर हस्तान्तरण गरिएको हो ।

किसानलाई प्रत्यक्ष रुपमा लाभान्वीत हुने गरी नगारपलिकाले कृषक समूहलाइ ट्याक्टर बितरण गरेको हो । यसअघि वडा नम्बर ६ मा ५० ओटा बितरण भईसकेको छ । ट्याक्टर अनुदानमा पाएसँगै किसानहरु खुशी भएका छन् ।

वडा नम्बर ९ ले २५ ओटा बितरण गर्ने तयारी गरीरहेको छ भने वडा नम्बर ८ मा ३० ओटा वटाभन्दा बढी निवेदन परेको छ । नगरका अरु वडामा पनि बितरणको काम भईरहेको कार्यबाहक नगरप्रमुख सञ्जय लामाले बताए ।

यसैबिच,वडा नम्बर १३ र लभ ग्रीन नेपालकोे सहकार्यमा पाँच दिने आईपिएम पाठशाला कार्यक्रम सोमबार सम्पन्न भएको छ । रासायनिक विषादीको विकल्पमा जैविक तथा वानस्पतिक विषादी प्रयोग गर्ने बारे किसानलाई जानकारी दिइएको थियो ।

रासायनिक विषादीको अनियन्त्रित प्रयोगले किसान तथा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असरका कारण जैविक तथा वानस्पतिक विषादी प्रयोगमा जोड दिने लागायतका जानकारी किसानलाई दिईएको थियो । करिब ३१ जना किसान पाठशाला सहभागी भएका थिए ।

प्रकाशित मिति : २०७६, २१ पुस सोमबार  ६ : ३० बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा