२०८२, २३ चैत्र मंगलबार

काभ्रेको पक्षमा खाँचो ६९ !

काभ्रेको पक्षमा खाँचो ६९ !


धुलिखेल, २१ पुस: प्रदेश ३ को राजधानीको विषय निकै पेचिलो बनेको छ । निकै रस्साकस्सी पनि । यसअघि पनि काभ्रेले प्रदेश राजधानीको दाबी गरेकै हो । यो पटक पनि छोड्ने अवस्था देखिदैन । तर आफ्नो पक्षमा हुने कुनै अवस्था सिर्जना भइसकेको छैन ।

सबै हिसाबले काभ्रे प्रदेश तीनको राजधानीका लागि उपयुक्त जिल्ला पनि हो । तर सोमबारसम्मको घटनाक्रमले अर्को मोड लिइसकेको छ । नेकपा केन्द्रिय सचिवालय बैठकले स्थानीय राजधानी हेटौँडा र बागमती नाम राख्ने निर्णय गरिसकेको छ ।

प्रदेश तीनको पाँचौ अधिवेशन २३ गते बस्दै छ । अधिवेशनले स्थायी राजधानी र नामकाबारे कार्यविधि पास गर्ने छ । त्यसपछि स्थायी राजधानीको बारेमा परेका प्रस्ताव उपर छलफल हुन्छ ।

काभ्रेबाट प्रतिनिधित्व गर्ने सांसदहरुले काभ्रेको नाम प्रस्ताव गर्ने तयारी गरेका छन । तर मत पाउने आश निकै झिनो छ ।

काभ्रेको पक्षमा ६९ मत खाँचो

सकेसम्म त मतदान नै हुने छैन । किन भने पार्टी हेडक्वारबाटै निर्देशन जारी भइसकेको छ । काभ्रेबाट प्रदेशसभामा ५ जनामा सांसद छन् । प्रदेश नम्बर तीनका १३ जिल्लाबाट ११० जना सांसद छन । जसमा दुई तिहाई अर्थात ७४ भोट पक्षमा हुनुपर्ने छ । काभ्रेको पक्षमा प्रदेश राजधानी हुनका लागि ६९ मत आवश्यक पर्छ ।

स्वस्फूर्त स्वपमा मतदान गर्ने वातावरण बन्यो भने काभ्रेको पक्षमा दुई तिहाई भन्दा बढी मत प्राप्त हुन्छ । तर पार्टीले यस अघि नै अंकुश लगाइसकेको छ ।

हेटौँडामै रहेका सांसद बसुन्धरा हुमागाईले काभ्रेको पनि नाम प्रस्ताव गर्ने बताए । उनका अनुसार स्वस्फूर्त स्वपमा मतदान भयो भने काभ्रेको पक्षमा दुईतिहाई भन्दा बढी मतदान जुट्छ । तर त्यो अवस्था रहने छैन ।

पार्टी केन्द्रले हेटौँडाको पक्षमा मतदान नगरेर सांसद पद नै खोस्ने सम्मको ह्वीप जारी गरेको धेरै सांसदले बताएका छन् । सांसद हुमागाईले अन्तिम अवस्थासम्म पनि आफुहरुको दाबी नछोड्ने र पार्टीको ह्वीप नमान्ने बताए ।

प्रकाशित मिति : २०७६, २१ पुस सोमबार  ३ : १८ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि