२०८२, १ माघ बिहीबार

धुलिखेलमा भ्रमण वर्षको पहिलो दिन, स्थानीय जातजातिको झाँकी प्रर्दशन (भिडियो सहित)

धुलिखेलमा भ्रमण वर्षको पहिलो दिन, स्थानीय जातजातिको झाँकी प्रर्दशन (भिडियो सहित)


धुलिखेल, १६ पुस, काभ्रेको पर्यटकीय नगर धुलिखेलमा भ्रमण वर्ष २०२० को भब्य सुरुवात गरिएको छ । बुधबार अरनिको शालिकबाट सुरु भएको प्रभातफेरीले धुलिखेलको विभिन्न भाग परिक्रमा गरेको थियो ।

अरनिको शालिकबाट निकालिएको प्रभातफेरीमा स्थानीय नेवार समुदायको लाखे, बासुरी र धिमे नाच समावेश गरिएको थियो । त्यस्तै भट्टेडाडाँबाट निकालिएको प्रभातफेरीमा लामा नाच, बोन्बो नाच, मादल सहितको दोहिरी नाचले रौनकता दिएको थियो । स्थानीय कला र संस्कृतीसँगै नेपाली सेनाको साँस्कृतिक समूहको सहभागिताले प्रभातफेरीलाई थप हौसला प्रदान गरेको थियो ।

हेर्नुस भिडियोमा

प्रभातफेरीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीसँगै जिल्लाका उच्चपदस्थ अधिकारीहरु समेत सहभागि भएका थिए । भट्टेडाँडा र अरनिको शालिकबाट निकाएको प्रभातफेरीको टोली जिल्ला समन्वय समिति नजिकै एकअर्कामा मिसिए । प्रभातफेरी पिपलबोटमा पुगेर कोणसभामा परिणत भयो । त्यहाँ संघीय सांसद गंगा बहादुर दोङले प्रदेश सरकारको ५ लाख र धुलिखेल नगरपालिकाको ५ लाख रुपैयाँ सयोगमा बन्ने भ्रमण वर्ष २०२० को स्तम्भ सिलान्यास गर्नुभयो ।

विदेशी पाहुनाहरुलाई सांदस दोङ, प्रमूख अधिकारी श्रवण कुमार तिमिल्सिना, जिल्ला समन्वय समितका प्रमूख उद्धव केसी, धुलिखेल नगरपालिकाका प्रमूख अशोक ब्याञ्जु खादाले सम्मान गरे । महिला समूहले टिका लगाइदिए ।

प्रकाशित मिति : २०७६, १६ पुस बुधबार  ३ : ०६ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा