२०८३, ७ कार्तिक शनिबार

नेकपा सिन्धुपाल्चोकमा पहिलो पटक भ्रातृ संगठनको एकता

नेकपा सिन्धुपाल्चोकमा पहिलो पटक भ्रातृ संगठनको एकता


धुलिखेल, १५ पुसः मुल पार्टी एकीकरण भएको लामो समयपछि सिन्धुपाल्चोकमा पहिलो पटक भ्रातृ संगठनको एकता भएको छ । मंगलबार सदरमुकाम चौतारामा पूर्व प्रेस चौतारी र पूर्व प्रेस सेन्टरबीच एकता घोषणा गरिएको हो ।

घोषणासँगै प्रेस संगठन नेपालले जिल्लामा बैधनिकता पाएको छ । संगठनको संयोजकमा पूर्व प्रेस चौतारीबाट विदुर आचार्य र सह संयोजकमा पूर्व प्रेस सेन्टरबाट अशोक पराजुली रहेका छन् । एकता भेलालले २४ सदस्यीय नयाँ जिल्ला कार्य समिति बनाएको छ ।

नेकपा सिन्धुपाल्चोकले २३ वटा जनबर्गीय संगठन जिल्लामा आवश्यक रहेको केन्द्रमा सिफारिस गरेको थियो । त्यसमा प्रेस संगठनको एकता पहिलो भएको नेकपा सिन्धुपाल्चोकका अध्यक्ष झम्क नेपालले बताए ।

एकता भेलाले सुनिता रखाल, यशोदा आचार्य, देव राज सुवेदी, बाजुराम थापामगर, गोविन्द नेपाल, दिपल खत्री, सुनिता लामा, सन्तोष चौलागाई, मिना दुलाल, केशव थापा, सुन्दर शिषिर, रमेश पराजुली, अर्जुन शर्मा, केशव अधिकारी, गीता दुलाल, निर्मल बस्नेत, तारानाथ नेपाल, नारायण पराजुली, मिङमार लामा, जीवन बानियाँ, गोमा खत्री र दिपिन ढुंगानालाई जिल्ला सदस्यमा चयन गरेको छ ।

प्रकाशित मिति : २०७६, १५ पुस मंगलबार  ६ : ३६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना