२०८३, ८ कार्तिक आईतबार

काभ्रेको पाँचखालमा अटो दुर्घटना, ६ जना घाइते

काभ्रेको पाँचखालमा अटो दुर्घटना, ६ जना घाइते


धुलिखेल, १० पुसः पाँचखाल नगरपालिकामा अटो दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् । बिहीबार विहान नगरपालिकाको तिनपिप्लेबाट तामाघाट तर्फ जादैँ गरेको न. अ.प. का. १३६३ नम्बको अटो अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा पाँचखाल नगरपालिका वडा नम्बर ७ का वर्षीय साजन न्यौपाने, वडा नम्बर ६ का १५ बर्षीय सविन दनुवार, सोहि वडाका २२ बर्षीय शुनिल दनुवार, वडा नम्बर ४ का २६ बर्षीय राजु दनुवार, वडा नम्बर ५ का १९ बर्षीय इसाक थापा मगर र धुलिखेल नगरपालिका वडा नम्बर ११ का २१ बर्षीय सुरेन्द्र श्रेष्ठ रहेको डिएपी दिपक गिरीले जनकारी दिए । उनका अनुसार साजन र सविनको अवस्था गम्भीर छ ।

त्यस्तै शुनिल, राजु, सविन र सुरेन्द्रको अवस्था मध्यम छ । इसाकको अवस्था भने सामान्य रहेको डिएसपी गिरीले बताए । नगरपालिकाभित्र चलिरहेका ४३ वटा अटो मध्ये सात वटा मात्र दर्ता भएको छन् ।

नगरपालिकामा दर्ता भएका अटो रिक्साहरुले बार्षिक तीन हजार पाँच सय रुपैया शुल्क बुझाउँनु पर्छ । नगरपालिकामा रहेको यातायात उपसमितिले रिक्सा भाडा भने निर्धारण गरेको छ । तर अघिल्लो साता बसेको समितिको बैठकले आउँदो माघ १० गतेसम्म दर्ता गरिसक्न अटो रिक्सा सञ्चालकहरुलाई आग्रह गरेको छ । रिक्सा चलाई रहेका कतिपयसँग चालक अनुमति पत्र समेत नरहेको पाइएको छ । धेरै जनाले चालक अनुमति पत्रका लागि परीक्षा भने दिएका छन ।

प्रकाशित मिति : २०७६, १० पुस बिहीबार  १ : ३६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना