२०८३, १८ बैशाख शनिबार

काभ्रेको पाँचखालमा अटो दुर्घटना, ६ जना घाइते

काभ्रेको पाँचखालमा अटो दुर्घटना, ६ जना घाइते


धुलिखेल, १० पुसः पाँचखाल नगरपालिकामा अटो दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् । बिहीबार विहान नगरपालिकाको तिनपिप्लेबाट तामाघाट तर्फ जादैँ गरेको न. अ.प. का. १३६३ नम्बको अटो अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते हुनेमा पाँचखाल नगरपालिका वडा नम्बर ७ का वर्षीय साजन न्यौपाने, वडा नम्बर ६ का १५ बर्षीय सविन दनुवार, सोहि वडाका २२ बर्षीय शुनिल दनुवार, वडा नम्बर ४ का २६ बर्षीय राजु दनुवार, वडा नम्बर ५ का १९ बर्षीय इसाक थापा मगर र धुलिखेल नगरपालिका वडा नम्बर ११ का २१ बर्षीय सुरेन्द्र श्रेष्ठ रहेको डिएपी दिपक गिरीले जनकारी दिए । उनका अनुसार साजन र सविनको अवस्था गम्भीर छ ।

त्यस्तै शुनिल, राजु, सविन र सुरेन्द्रको अवस्था मध्यम छ । इसाकको अवस्था भने सामान्य रहेको डिएसपी गिरीले बताए । नगरपालिकाभित्र चलिरहेका ४३ वटा अटो मध्ये सात वटा मात्र दर्ता भएको छन् ।

नगरपालिकामा दर्ता भएका अटो रिक्साहरुले बार्षिक तीन हजार पाँच सय रुपैया शुल्क बुझाउँनु पर्छ । नगरपालिकामा रहेको यातायात उपसमितिले रिक्सा भाडा भने निर्धारण गरेको छ । तर अघिल्लो साता बसेको समितिको बैठकले आउँदो माघ १० गतेसम्म दर्ता गरिसक्न अटो रिक्सा सञ्चालकहरुलाई आग्रह गरेको छ । रिक्सा चलाई रहेका कतिपयसँग चालक अनुमति पत्र समेत नरहेको पाइएको छ । धेरै जनाले चालक अनुमति पत्रका लागि परीक्षा भने दिएका छन ।

प्रकाशित मिति : २०७६, १० पुस बिहीबार  १ : ३६ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा