२०८२, २९ चैत्र सोमबार

सिद्धबाबा प्रकरण : मुद्दा फिर्ता लिन दबाब दिएको अडियो रेकर्ड मिल्यो

सिद्धबाबा प्रकरण : मुद्दा फिर्ता लिन दबाब दिएको अडियो रेकर्ड मिल्यो


१० पुस, विराटनगर : ‘सिद्धबाबा’ भनिने विवादास्पद धार्मिक गुरु कृष्णबहादुर गिरीले आफ्नो नभएको भनेर दाबी गरेको अडियो रेकर्ड उनकै भएको पुष्टि भएको छ । काठमाडौं बसोबास गर्दै आएकी महिला अनुयायीमाथि करणी गरेको आरोप लागेका सिद्धबाबाले पीडित महिलालाई टेलिफोन गरी मुद्दा फिर्ता लिन दबाब दिएका थिए । रुँदै मुद्दा फिर्ता लिन दबाब दिएको टेलिफोन सम्बाद पीडित महिलाले रेकर्ड गरेकी थिइन् । प्रहरीको विधि विज्ञान प्रयोगशालाले महिलाले रेकर्ड गरेको अडियो सिद्धबाबाकै भएको पुष्टि गरेको हो ।

अनुयायीमाथि करणी गरेको आरोप लागेका गिरीले करिब एक घण्टा २० मिनेट फोन गरी मुद्दा फिर्ता लिन भनेका थिए । फोन सम्पर्कमा मुद्दा फिर्ता लिए आफू लिङ्ग काट्न तयार रहेको बताएका गिरीले अडियो सार्वजनिकपछि रेकर्ड आफ्नो नभएको दाबी गरेका थिए । हिरासतको समय विराट नर्सिङहोममा कटाएका गिरीले आफूमाथि फसाउने षडयन्त्र भएको बताउँदै आफूले महिलालाई नचिनेको दाबी गरेका थिए । तर महिलाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा उपलब्ध गराएको रिपोर्ट प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा मिलेको रिपोर्ट आएको हो ।

‘आवाज म्याच भएको रिपोर्ट आएको छ’, प्रहरी स्रोतले भन्यो, ‘सामान्यतया ५० प्रतिशत आवाज म्याच हुँदा प्रमाण मान्न सकिन्छ । सिद्धबाबाको हकमा भने ७७ प्रतिशत आवाज म्याच भएको छ ।’ प्रहरीले मुद्दा अनुसन्धानपछि आवाज मिलेको रिपोर्ट सरकारी वकिलको कार्यालयलाई हस्तान्तरण गरेको छ । कार्यालयले सो मुद्दाको मिसिल अध्ययन गरिरहेको छ । सिद्धबाबालाई पक्राउ गरेको आज २५ दिन पुग्दैछ । सरकारी वकिलको कार्यालयले आजै मिसिल बुझाएर सिद्धबाबालाई अदालतमा हाजिर गराउने तयारी गरेको छ । जिल्ला अदालत सुनसरीले गिरीलाई पछिल्लो पटक ७ पुसमा थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । उनी १६ मंसिरमा पक्राउ परेका थिए ।

प्रकाशित मिति : २०७६, १० पुस बिहीबार  १० : १९ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४