२०८२, १८ मंसिर बिहीबार

काभ्रेको पेरुङ्गे डाँडामा स्थापना हुने भयो नेपालको प्रतिरक्षा विश्वविद्यालय

काभ्रेको पेरुङ्गे डाँडामा स्थापना हुने भयो नेपालको प्रतिरक्षा विश्वविद्यालय


धुलिखेल, ६ पुस : सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका क्षेत्रभित्र स्थापना गर्ने भएको छ । राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका सम्बन्धमा नीति तथा रणनीति निर्माण र कार्यान्वयनका लागि राज्यलाई आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादनको प्रमुख लक्ष्य राखेर बनेपा नगरपालिका– १३ र १४ स्थित पेरुङ्गे डाँडा वनक्षेत्रको ७५० रोपनी क्षेत्रमा विश्वविद्यालय खोल्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।

उक्त विश्वविद्यालय स्थापनका लागि सरकारले यस आर्थिक वर्षको बजेटमा करीब रु २० करोड बजेट विनियोजन गरेको थियो । अहिलेसम्म मुलुकका लागि आवश्यक रणनीतिक तहको अध्यापनका लागि विदेशी संस्थामा निर्भर हुनुपरेको अवस्थामा उच्च प्राज्ञिक संस्थाका रुपमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय राष्ट्रहितमा कोशेढुङ्गा सावित हुनेछ ।

राष्ट्रिय सुरक्षानीति र रणनीतिअन्तर्गत प्रतिरक्षा क्षमतासहितको प्रभावकारी राष्ट्रिय सुरक्षा प्रणालीको आवश्यकतालाई सम्बोधन गर्न विश्वविद्यालय खोलिन लागिएको हो । विश्वविद्यालय सम्बन्धी अवधारणापत्र हाल तयारीको क्रममा रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । स्थापना हुने विश्वविद्यालयबाट राष्ट्रियसुरक्षा तथा प्रतिरक्षा विषयमा रणनीतिक र कार्यक्षेत्र तहमा नीति तथा रणनीति तर्जूमाका लागि आवश्यक ज्ञानका साथै अनुसन्धान, सुझाव र विश्लेषणसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सरकारले घोषणा गरेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न यस्ता बौद्धिक र रणनीतिक प्राज्ञिक संरचना आवश्यक हुनेछन् । राष्ट्रिय शक्तिका रुपमा आर्थिक, कुटनीतिक, सैनिक र सूचनालाई पूर्ण सन्तुलन र सामञ्जस्यसहित समन्वयात्मक हिसाबले परिचालन गर्न यस्तो विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नेछ । राष्ट्रका विविध क्षेत्रका प्रबुद्ध व्यक्तिबीचमा साझा उद्देश्य र लक्ष्य प्राप्तिका लागि रणनीतिक सोच र संस्कारमा समेत एकरुपता हुनुपर्ने आवश्यकताका आधारमा विश्वविद्यालय स्थापना गरिन लागिएको हो ।

विश्वविद्यालयलाई पूर्ण प्राज्ञिक स्वायततासहितको उच्च प्राज्ञिक संस्थाका रुपमा विकास गर्ने सरकारको ध्येय रहेको छ । उक्त विश्वविद्यालय स्थापनाका लागि करीब रु तीन अर्ब भन्दाबढी रकम लाग्ने बुझिएको छ । विश्वविद्यालय परिसरमा ऐतिहासिक किल्ला र गढीको महत्वका विषय तथा समग्र समेटेर अध्ययनका लागि सङ्ग्रहालय स्थापना गर्ने सोच अघि सारिएको स्थानीय जनप्रतिनिधि सूर्यनारायण नापितले जानकारी दिनुभयो । –––रासस

प्रकाशित मिति : २०७६, ६ पुस आईतबार  ६ : २३ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको