२०८३, २० आश्विन बुधबार

काभ्रेको पेरुङ्गे डाँडामा स्थापना हुने भयो नेपालको प्रतिरक्षा विश्वविद्यालय

काभ्रेको पेरुङ्गे डाँडामा स्थापना हुने भयो नेपालको प्रतिरक्षा विश्वविद्यालय


धुलिखेल, ६ पुस : सरकारले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका क्षेत्रभित्र स्थापना गर्ने भएको छ । राष्ट्रिय सुरक्षा र प्रतिरक्षाका सम्बन्धमा नीति तथा रणनीति निर्माण र कार्यान्वयनका लागि राज्यलाई आवश्यकपर्ने दक्ष जनशक्ति उत्पादनको प्रमुख लक्ष्य राखेर बनेपा नगरपालिका– १३ र १४ स्थित पेरुङ्गे डाँडा वनक्षेत्रको ७५० रोपनी क्षेत्रमा विश्वविद्यालय खोल्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ ।

उक्त विश्वविद्यालय स्थापनका लागि सरकारले यस आर्थिक वर्षको बजेटमा करीब रु २० करोड बजेट विनियोजन गरेको थियो । अहिलेसम्म मुलुकका लागि आवश्यक रणनीतिक तहको अध्यापनका लागि विदेशी संस्थामा निर्भर हुनुपरेको अवस्थामा उच्च प्राज्ञिक संस्थाका रुपमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय राष्ट्रहितमा कोशेढुङ्गा सावित हुनेछ ।

राष्ट्रिय सुरक्षानीति र रणनीतिअन्तर्गत प्रतिरक्षा क्षमतासहितको प्रभावकारी राष्ट्रिय सुरक्षा प्रणालीको आवश्यकतालाई सम्बोधन गर्न विश्वविद्यालय खोलिन लागिएको हो । विश्वविद्यालय सम्बन्धी अवधारणापत्र हाल तयारीको क्रममा रहेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिनुभयो । स्थापना हुने विश्वविद्यालयबाट राष्ट्रियसुरक्षा तथा प्रतिरक्षा विषयमा रणनीतिक र कार्यक्षेत्र तहमा नीति तथा रणनीति तर्जूमाका लागि आवश्यक ज्ञानका साथै अनुसन्धान, सुझाव र विश्लेषणसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ ।

सरकारले घोषणा गरेको समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न यस्ता बौद्धिक र रणनीतिक प्राज्ञिक संरचना आवश्यक हुनेछन् । राष्ट्रिय शक्तिका रुपमा आर्थिक, कुटनीतिक, सैनिक र सूचनालाई पूर्ण सन्तुलन र सामञ्जस्यसहित समन्वयात्मक हिसाबले परिचालन गर्न यस्तो विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नेछ । राष्ट्रका विविध क्षेत्रका प्रबुद्ध व्यक्तिबीचमा साझा उद्देश्य र लक्ष्य प्राप्तिका लागि रणनीतिक सोच र संस्कारमा समेत एकरुपता हुनुपर्ने आवश्यकताका आधारमा विश्वविद्यालय स्थापना गरिन लागिएको हो ।

विश्वविद्यालयलाई पूर्ण प्राज्ञिक स्वायततासहितको उच्च प्राज्ञिक संस्थाका रुपमा विकास गर्ने सरकारको ध्येय रहेको छ । उक्त विश्वविद्यालय स्थापनाका लागि करीब रु तीन अर्ब भन्दाबढी रकम लाग्ने बुझिएको छ । विश्वविद्यालय परिसरमा ऐतिहासिक किल्ला र गढीको महत्वका विषय तथा समग्र समेटेर अध्ययनका लागि सङ्ग्रहालय स्थापना गर्ने सोच अघि सारिएको स्थानीय जनप्रतिनिधि सूर्यनारायण नापितले जानकारी दिनुभयो । –––रासस

प्रकाशित मिति : २०७६, ६ पुस आईतबार  ६ : २३ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको