२०८३, २० आश्विन बुधबार

पाँचखाल नगरपालिकालाई अटो रिक्सा सञ्चालकहरुले टेरेनन

पाँचखाल नगरपालिकालाई अटो रिक्सा सञ्चालकहरुले टेरेनन


धुलिखेल, ५ पुसः काभ्रेको पाँचखाल नगरपालिकाभित्र सञ्चालनमा रहेका अटो रिक्साहरु बिना दर्ता नै चलिरहेको पाइएको छ । नगरपालिले दर्ता गरेर मात्रै अटो रिक्सा सञ्चालन गर्न आग्रह गरेपनि सञ्चालकहरुले टेरेका छैनन् ।

नगरपालिकाभित्र चलिरहेका ४३ वटा अटो मध्ये सात वटा मात्र दर्ता भएको उपप्रमूख लक्ष्मी दनुवारले जानकारी दिइन । ‘हामीले नगरपालिकाभित्र रिक्सा चलाई रहनुभएकालाई दर्ता गर्न यसअघि पनि भनेका थियौँ, उपप्रमूख दनुवारले भनिन, तर उहाँहरु आउनु भएको छैन ।’

नगरपालिकामा दर्ता भएका अटो रिक्साहरुले बार्षिक तीन हजार पाँच सय रुपैया शुल्क बुझाउँनु पर्छ । नगरपालिकामा रहेको यातायात उपसमितिले रिक्सा भाडा भने निर्धारण गरेको छ ।

नगरपालिकाले सडक दुरी हेरेर १५ रुपैयाँ देखि १ सय १० रुपैयाँसम्म भाडा कायम गरेको उपप्रमूख दनुवारले बताउनुभयो । समितिको बैठक आउँदो माघ १० गतेसम्म दर्ता गरिसक्न अटो रिक्सा सञ्चालकहरुलाई आग्रह गरेको छ । ‘रिक्सा दर्ताका लागि हामीले समय फेरी थपेका छौँ, उपप्रमूख दनुवारले भनिन्, रिक्सा सञ्चालकहरुले केहि समस्या छ, त्यो समाधान भएपछि दर्ता गर्न आउछौँ भन्नु भएको छ ।’

रिक्सा चलाई रहेका कतिपयसँग चालक अनुमति पत्र समेत नरहेको पाइएको छ । धेरै जनाले चालक अनुमति पत्रका लागि परीक्षा भने दिएका छन । परीक्षाफल नआइसकेकाले दर्ता गर्न समस्या भइरहेको रिक्सा चालकहरुको भनाई छ ।

प्रकाशित मिति : २०७६, ५ पुस शनिबार  ६ : २५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको