२०८२, १९ मंसिर शुक्रबार

मण्डनदेउपुरका किसानले जचाए लसुन देखि जुनारसम्म

मण्डनदेउपुरका किसानले जचाए लसुन देखि जुनारसम्म


काजल तामाङ/कुन्ता, ४ पुसः हल्देटारका कर्म बहादुर तामाङ शुक्रबार सबेरै रोग लागेको एक बोट काउली बोकेर कुन्ता झरे । एग्रोभेट पसलेलाइ काउलीको बोट देखाउने र विषादी लैजाने सोचले । तर कुन्ता आइपुगेपछि एग्रोभेट सञ्चालकले उनलाई विषादी दिएनन । बरु सुझाए शिविरमा जान । उनी झस्किए र भने काउलीलाई रोग लागेको छ, म किन शिविरमा जाने ?

तामाङको कुरा सुनेपछि एग्रोभेट सञ्चालक तामाङलाई साथैमा लिएर पुगे शिविर भएको स्थल तर्फ । त्यहाँ पुगेपछि तामाङ छक्क परे उनी जस्तै समस्या लिएर आएका धेरै किसानलाई देख्दा । ‘पसले भाईले शिविरमा गएर जचाउनोस भन्नु भयो, म त छक्क परे शिविरमा जानोस भन्दा, तर यहाँ आउँदा त धेरै किसानहरु जम्मा पो भइसक्नुभएको रहेछ,’ उनले भने ।

हल्देटारका कर्म बहादुर तामाङ जस्तै शुक्रबार मण्डन देउपुर नगरपालिका वडा नम्बर ७ कुन्तामा आयोजना भएको बाली शिबिरमा थुप्रै किसान आफ्नो खेतबारीमा रोग, किराले सताएको सुन्तला, जुनार, काउली, केरा, तोरी, लसुन, मकै, गोलभेडा, भेण्डी लगाएत अहिले यो सिजनमा मण्डनदेउपुर क्षेत्रमा लगाइएका बालीको नमुना लिएर पुगेका थिए । त्यहि हुलमा थिए कर्ण बहादुर पनि । सुन्तला र जुनारमा किराले सताएपछि उनी पनि कृषिका विज्ञ टोलीलाई भेट्न करिब २५ किलो मिटर टाढा, वटा वडा नम्बर २ देखि आइपुगेका थिए । ‘मेरो बगैचामा सुन्तला र जुनार ५/६ सय बोट छन्, तर ढुँसी लाग्यो, यहाँ बाली शिविर बस्दै भन्ने सुनेर आएको, जचाए, उहाँहरुले स्प्रे गर्ने तरिका देखि छर्किनुपर्ने विषादीको बारे बताउनुभयो, त्यहि अनुसार बगैँचा ब्यवस्थापन पनि गर्नुपर्ने रहेछ, म त औदि खुशी छु, यस्तो कार्यक्रम बेला बेला भइराख्यो भने हामी किसानलाई धेरै सजिलो हुने थियो ।’

कर्म र कर्ण बहादुर जस्तै शिविरमा आफ्नो खेत बारीको बाली लिएर पुगेका किसानहरुलाई निःशुल्क सल्लाह, सुझाव दिन तल्लिन थिए कृषिमा लामो समय बिताएका डा. हिराकाजी मानन्धर, डा. रामदेवी तिमिला, डा. शम्भु प्रसाद धिताल, अजय श्री रत्न बज्राचार्य लगायतका कृषि विज्ञ । अनि किसान र बिज्ञ बीच आमुन्ने, सामुन्ने छलफल र भेटघाटको अवसर जुराइदिएको थियो ईको हिमाल नेपाल र नेपाल प्लाट डिजिज एसोसिएट लउमब ले । विज्ञहरुले बालीको जाँच गरेर किसानलाई सल्लाह सुझाव दिएका थिए । किसानले ल्याएको नमूना हेरेपछि डा. रामदेवी तिमिलाले भनिन, सुन्तला जातको फलफूलमा चाँहि पात कालो भएर जाने र सेता धुले, ढुँसी रोग पनि देखियो, हामीले किसानहरुलाई जरादेखि पात र हाँगामा देखा परेका रोगका बारे बताएका छौँ ।’

शिविर किसानले ल्याएका बाली हेर्दा खास नयाँ रोग र किरा नभेटिएको बैज्ञानिकहरुले बताए । ५२ बटा नमुना संंकलन गरि जाँच गरिएको छ । गोलभेडामा टुटा अब्सुलुटा, तरकारीमा लाईकिरा डडुवा, गवारे लागायत समस्या देखिएको डा. शम्भु प्रसाद धिताल बताए । ‘हामीले किसानहरुको बाध्यतासँगै रोग किराबाट आफ्नो बालीलाई कसरी बचाउन सकिन्छ भनेर मसिनो ढंगबाट बालीको जाँच र सल्लाह दिएका छौँ, डां धितालले भने ‘आशा छ, किसानहरुले सिकाएको कुरा ब्यवहारमा लागु गर्नुहुन्छ ।’

बाली शिविरमा पुग्नु भएका मण्डनदेउपुर नगरपालिकाका प्रमूख टोक बहादुर वाइबाले नगरपालिकाको नारा नै छ, ‘देउपुर र मण्डनः कृषि र पर्यटन’ र यो नारालाई सार्थकता बनाउन इको हिमालले मद्दत गरिरहेको बताए । ‘हाम्रो नगरबाट उत्पादन हुने तरकारी विषादी रहित बनाउने सोचमा हामी छौ, नगरप्रमूख वाइबाटले भने यसमा इको हिमालको साथ र सहयोग पनि महत्वपूर्ण छ ।’

इको हिमालका कार्यकारी निर्देशक नारायण ढकालले यो बाली शिविर शुरुवात भएको बताए । ‘यो शिविरबाट हामीले धेरै कुरा सिकेका छौ, किसानहरुलाई समस्या छ, कसरी समाधान गर्न सकिन्छ भन्ने चिन्ता पनि, कार्यकारी निर्देशक ढकालले भने ‘यो एउटा शुरुवात हो, हामी स्थानीय तहसँग मिलेर काम गर्न तयारी छौँ ।’

प्रकाशित मिति : २०७६, ४ पुस शुक्रबार  ९ : ०७ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको