२०८३, २५ जेष्ठ मंगलबार

सिन्धुपाल्चोक बस दुर्घटनाः १४ जनाको मृत्यु, १८ जना घाइते

सिन्धुपाल्चोक बस दुर्घटनाः १४ जनाको मृत्यु, १८ जना घाइते


धुलिखेल, २९ मंसिर: सिन्धुपाल्चोक बस दुर्घटनामा १४ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले उद्दार कार्य सकिए र १४ जनाको मृत्यु भएको बताएको हो ।

घटनामा १८ जना घाइते भएका छन् । मृतकको अहिले सम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी माधव प्रसाद काफ्लेले जानकारी दिए ।

काफ्लेका अनुसार मृतक कुन ठाउँका हुन भन्ने समेत खुलेको छैन । अधिकांश घाइते भने सिन्धुपाल्चोकै याङलाकोटका छन् । अहिले घटनास्थलमा मृतकको शवमा मात्रै छ । घाइतेहरुलाई उपचारका लागि पुर्याएको छ ।

दोलखाको कालिञ्चोक दर्शन गरी काठमाण्डौ तर्फ फर्किदै गरेको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस आइतबार बिहिबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ५ स्थित ६ किलो माथिल्लो स्वारामा दुर्घटनामा परेका थियो ।

प्रकाशित मिति : २०७६, २९ मंसिर आईतबार  ११ : ५३ बजे

सम्पत्ति शुद्धीकरण मुद्दाः दीपक भट्ट र शुलभ अग्रवालमाथि थप तीन दिन हिरासत

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका दीपक भट्ट र

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ