२०८३, ९ असार बुधबार

सिन्धुपाल्चोक बस दुर्घटना अपटेडः मृत्यु हुनेको संख्या १० भन्दा बढी

सिन्धुपाल्चोक बस दुर्घटना अपटेडः मृत्यु हुनेको संख्या १० भन्दा बढी


धुलिखेल, २९ मंसिर: सिन्धुपाल्चोकमा भएको बस दुर्घटनामा १० जनाभन्दा बढी मृत्यु भएको छ ।  दोलखाको  कालिञ्चोक दर्शन गरी काठमाण्डौ तर्फ आउँदै गरेको रिजर्भ बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका५ को ६ किलो माथिल्लो स्वारा भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

बस माथिल्लो मोडबाट तल्लो मोडमा आइपुगेको घटनास्थलमा रहेका वडा नम्बर ७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाले जानकारी दिए । बा ४ ख ४४६८ नम्बरको दुर्घटनामा परेको हो ।

बसमा ४२ देखि ४५ जना सवार रहेको अनुमान गरिएको छ । घाइतेहरुलाई खाडिचौर स्थित सदाबहादर अस्पतालले काठमाण्डौका विभिन्न र धुलिखेल अस्पताल रिफार गरेको छ ।

सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।

प्रकाशित मिति : २०७६, २९ मंसिर आईतबार  ९ : ५२ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि