२०८३, ८ कार्तिक आईतबार

सिन्धुपाल्चोकमा बस दुर्घटना, १० जना भन्दा बढी मृत्यु

सिन्धुपाल्चोकमा बस दुर्घटना, १० जना भन्दा बढी मृत्यु


धुलिखेल, २९ मंसिर सिन्धुपाल्चोकमा बस दुर्घटना भएको छ । दोलखाको  कालिञ्चोक दर्शन गरी काठमाण्डौ तर्फ आउँदै गरेको रिजर्भ बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका५ को ६ किलो माथिल्लो स्वारा भन्ने ठाउँमा दुर्घटनामा परेको वडा नम्बर ७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाले जानकारी दिए । उनका अनुसार बस माथिल्लो मोडबाट तल्लो मोडमा आइपुगेको छ । प्रहरी घटना स्थलमा पुगेको छ । बा ४ ख ४४६८ नम्बरको दुर्घटनामा परेको हो । उद्दार भइरहेकाले मृतकको संख्या यकिन भइसकेको छैन ।

बसमा ४२ देखि ४५ जना सवार रहेको अनुमान गरिएको छ ।

सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।

प्रकाशित मिति : २०७६, २९ मंसिर आईतबार  ९ : ०४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना