२०८३, ११ असार शुक्रबार

सिन्धुपाल्चोकमा बस दुर्घटना, १० जना भन्दा बढी मृत्यु

सिन्धुपाल्चोकमा बस दुर्घटना, १० जना भन्दा बढी मृत्यु


धुलिखेल, २९ मंसिर सिन्धुपाल्चोकमा बस दुर्घटना भएको छ । दोलखाको  कालिञ्चोक दर्शन गरी काठमाण्डौ तर्फ आउँदै गरेको रिजर्भ बस सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका५ को ६ किलो माथिल्लो स्वारा भन्ने ठाउँमा दुर्घटनामा परेको वडा नम्बर ७ का वडाध्यक्ष ईश्वर तिमल्सिनाले जानकारी दिए । उनका अनुसार बस माथिल्लो मोडबाट तल्लो मोडमा आइपुगेको छ । प्रहरी घटना स्थलमा पुगेको छ । बा ४ ख ४४६८ नम्बरको दुर्घटनामा परेको हो । उद्दार भइरहेकाले मृतकको संख्या यकिन भइसकेको छैन ।

बसमा ४२ देखि ४५ जना सवार रहेको अनुमान गरिएको छ ।

सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।

प्रकाशित मिति : २०७६, २९ मंसिर आईतबार  ९ : ०४ बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि