२०८३, १२ असार शनिबार

विद्युत् महसुल नतिर्ने २७१ ग्राहक कालोसूचीमा

विद्युत् महसुल नतिर्ने २७१ ग्राहक कालोसूचीमा


भरतपुर, २८ मङ्सिर : नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने २७१ ग्राहकलाई कालोसूचीमा राखेको हो । लाइन काटेको छ महिनाभित्र महसुल नतिरेका ग्राहकलाई कार्यालयले कालोसूचीमा राखेको जनाएको छ ।

कालोसूचीमा पर्नेमा साना घरेलु उद्योग र गृहस्थ ग्राहक रहेका छन् । तीमध्ये नारायणी पोलेथिन प्लाष्टिक उद्योगले सबैभन्दा बढी रकम तिर्न बाँकी रहेको केन्द्रका कम्प्युटर सहायक खेमबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार सो उद्योगले रु तीन लाख विद्युत् रकम तिर्न बाँकी छ । यस्तै, साना उद्योगहरुमा खाद्य मिल, कुखुरा फार्मको बढी बक्यौता रकम छ ।

प्राधिकरणले कालोसूचीमा रहेकाबाट रु ७८ लाख ९५ हजार ६७८ रकम उठाउन बाँकी छ । चालू आर्थिक वर्षमा कालोसूचीमा परेका चार ग्राहकबाट रु तीन लाख ५८ हजार १२० सङ्कलन गरेको गुरुङले जानकारी दिनुभयो । गत आवमा २७५ ग्राहक कालोसूचीमा थिए । प्राधिकरणको नियमावलीअनुसार ६० दिनसम्म पैसा नतिरेका ग्राहकको लाइन काट्ने उल्लेख छ ।

“विद्युत रिडिङ गरेको ४० दिनसम्म महसुल नतिरे २५ प्रतिशत जरिवाना लाग्ने गर्दछ । ६० दिनसम्म नतिरेमा लाइन काट्ने नियममा उल्लेख छ”, उहाँले भन्नुभयो, “हामीले सकेसम्म ग्राहकबाट पैसा उठाउने भनेर कालोसूचीमा राखेका छैनौँ ।” अहिलेसम्म रु १९ करोड ८३ लाख १७ हजार विद्युत् महसुल उठाउन बाँकी रहेको गुरुङले बताउनुभयो ।

यस्तै कार्यालयले चालू आवमा समयमा विद्युत् महसुल नतिर्ने ६०८ ग्राहकको लाइन काटेको छ । लाइन काटेकाबाट कार्यालयले रु ९२ लाख ९६ हजार ३८१ राजश्व सङ्कलन गरेको छ । चालू आवको चार महिनामा कार्यालयले रु ७९ करोड ३४ लाख ८९ हजार राजश्व सङ्कलन गरेको हो ।

कार्यालयले घरेलु बत्तीको विद्युत् महसुुल सबैभन्दा धेरै उठाउन बाँकी छ । घरेलु ग्राहकको रु आठ करोड २९ लाख ५५ हजार ४९७ बक्यौता देखिएको छ । उद्योगबाट रु दुई करोड ४९ लाख २० हजार ५८७, सडक बत्तीबाट रु दुई करोड ४० लाख ६७ हजार १५२, सिँचाइको रु एक करोड ४८ लाख ४८ हजार ८५४ विद्युत् महसुल बक्यौता रहेको कार्यालयले जानकारी दिएको छ ।

व्यापारिक प्रयोजनबाट रु एक करोड ७२ लाख २७ हजार, गैरव्यापारीबाट रु एक करोड १८ लाख ६१ हजार ३००, गैरसिँचाइबाट रु ७४ लाख २० हजार, विभिन्न मन्दिरको रु १४ लाख २९ हजार रकम उठ्न बाँकी छ । भरतपुर वितरण केन्द्रमा ८८ हजार ३७ ग्राहक छन् । कात्तिक महिनादेखि भरतपुर वितरण केन्द्रका पाँच हजार ८१५ ग्राहक चनौली वितरण केन्द्रमा गएका छन् ।

प्रकाशित मिति : २०७६, २८ मंसिर शनिबार  ९ : ३० बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि