२०८३, ९ असार बुधबार

धनुषामा बम विस्फोट: प्रहरी निरीक्षकसहित तीनको मृत्यु

धनुषामा बम विस्फोट: प्रहरी निरीक्षकसहित तीनको मृत्यु


धनुषा, २८ मङ्सिर: धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी अधिकृतको मृत्यु भएको छ । सो घटनामा चार जना गम्भीर घाइते भएका छन् । जनकपुरदेखि १६ किमी उत्तर धनुषाको छिरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र वडा नं ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति ४६ वर्षीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको हो । सोही विस्फोटमा परी घाईते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

विस्फोटमा परी राजेशका कान्छा छोरा १४ वर्षीय प्रकाश, छोरी २२ वर्षीया निक्कीकुमारी र बुबा ७३ वर्षीय भिखारी साह घाइते भएका छन् । त्यस्तै प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् । घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि धरान लगिएको छ ।

शुक्रबार राति १२ बजे राजेशको घरको मुख्य पर्खालबाट भित्र नवनिर्मित घरको बाहिर फलामको गेटमा बम झुन्ड्याइएको थियो । राजेशकी श्रीमती राति शौचका लागि उठेको बेला ढोकामा केही झुन्डिएको देखेर श्रीमानलाई उठाएर प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुन्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा बम विस्फोट भएको त्यहाँ पुगेका एक प्रहरीले बताए । प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार बम कसले र किन राख्यो भन्ने विषय पत्ता लाग्न सकेको छैन । प्रहरीले अनुसन्धान उहाँले थालेको बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २८ मंसिर शनिबार  ९ : २२ बजे

सिन्धुलीगढी युद्ध पर्यटनः आर्थिक उपार्जनको आधार

सिन्धुली जिल्लाको सदरमुकाम रहेको कमलामाई नगरपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को सभापतिमा

रास्वपा महाधिवेशनमा ८० विद्युतीय मेसिनबाट मतदान, केन्द्रीय सदस्य चयन प्रक्रिया अघि बढ्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को महाधिवेशनमा

मनसुन कमजोर, तराईमा तातो लहरको जोखिम

काठमाडौं । देशमा मनसुन भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल

रास्वपा सभापतिमा रविको उम्मेदवारी, बालेन बने प्रस्तावक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदका लागि