२०८३, ८ कार्तिक आईतबार

धनुषामा बम विस्फोट: प्रहरी निरीक्षकसहित तीनको मृत्यु

धनुषामा बम विस्फोट: प्रहरी निरीक्षकसहित तीनको मृत्यु


धनुषा, २८ मङ्सिर: धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी अधिकृतको मृत्यु भएको छ । सो घटनामा चार जना गम्भीर घाइते भएका छन् । जनकपुरदेखि १६ किमी उत्तर धनुषाको छिरेश्वरनाथ नगरपालिकाको मुख्य बजार केन्द्र वडा नं ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति ४६ वर्षीय राजेश साहको घरको गेटमा राखिएको बम विस्फोट हुँदा राजेश र उनका २४ वर्षीय छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको हो । सोही विस्फोटमा परी घाईते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

विस्फोटमा परी राजेशका कान्छा छोरा १४ वर्षीय प्रकाश, छोरी २२ वर्षीया निक्कीकुमारी र बुबा ७३ वर्षीय भिखारी साह घाइते भएका छन् । त्यस्तै प्रहरी जवान रिजनाथकुमार महतो घाइते भएका छन् । घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि धरान लगिएको छ ।

शुक्रबार राति १२ बजे राजेशको घरको मुख्य पर्खालबाट भित्र नवनिर्मित घरको बाहिर फलामको गेटमा बम झुन्ड्याइएको थियो । राजेशकी श्रीमती राति शौचका लागि उठेको बेला ढोकामा केही झुन्डिएको देखेर श्रीमानलाई उठाएर प्रहरीलाई खबर गरेका थिए ।

खबर पाउनासाथ प्रहरी निरीक्षक दाहालको नेतृत्वमा गएको प्रहरी टोलीले गेटमा झुन्डिएको झोला बम हो वा होइन भनी अनुसन्धान गर्ने क्रममा बम विस्फोट भएको त्यहाँ पुगेका एक प्रहरीले बताए । प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार बम कसले र किन राख्यो भन्ने विषय पत्ता लाग्न सकेको छैन । प्रहरीले अनुसन्धान उहाँले थालेको बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २८ मंसिर शनिबार  ९ : २२ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना