२०८३, २० आश्विन बुधबार

आज लगातार पानी नपर्ने : माैसम खुल्ने सम्भावना भने कम

आज लगातार पानी नपर्ने : माैसम खुल्ने सम्भावना भने कम


काठमाडौं, २८ मंसिर : मौसमविदहरुले आज हिजो शुक्रबारको जस्तो लगातार पानी नपर्ने बताएका छन् । हिजो शुक्रबार देशभर नै पानी र हिउँ पारेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर बन्दै गएकाले आजलगातार पानी नपर्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

मध्य र पूर्वका एक/दुई ठाउँमा आज हल्का पानी र उच्च हिमाली तथा पहाडी भेगमा भोलि आइतबारसम्म नै हिउँ पर्ने उहाँले बताउनुभयो । आज मध्य र पश्चिमी क्षेत्रको मौसम एकैछिन खुल्दै बादल लाग्ने हुने भएकाले पूर्वको मौसम भने खुल्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

गएको २४ घण्टामा देशका सबैजसो ठाउँमा पानी परेको छ । सबैभन्दा धेरै धनगढीमा ६४ दशमलव ९ मिलिमिटर पानी परेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पानी र हिउँसँगै चिसो बढ्दा जनजीवन प्रभावित भएको छ । यो यामकै पहिलो हिमपात भएकाले बालीनाली सप्रिने भन्दै किसान भने खुशी भएका छन् ।

प्रकाशित मिति : २०७६, २८ मंसिर शनिबार  ९ : ०४ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय