२०८२, १७ श्रावण शनिबार

पनौतीमा बसेका रोहिंग्या शरणार्थीलाई हट्न एक साताको म्याद

पनौतीमा बसेका रोहिंग्या शरणार्थीलाई हट्न एक साताको म्याद


काठमाडौं, २८ मंसिर : म्यानमारबाट लखेटिएपछि नेपाल आएर काभ्रेको पनौतीस्थित कुशादेवीमा अस्थायी टहरा बनाई बसेका रोहिंग्या शरणार्थीलाई जग्गा छोड्न धनीले सात दिनको समय दिएका छन्। मंसिर १० मा कुशादेवी आइपुगेका उनीहरू सत्यराम थापाको जग्गामा छुट्टाछुट्टै टहरा बनाएर बसेका छन्।

‘उनीहरू आएको तीन दिनपछि मात्र शरणार्थी हुन् भन्ने थाहा पायौं, काम गर्न अनुमति पनि छैन रहेछ। नेपालले शरणार्थी स्वीकार नगरेको थाहा पाएपछि हट्न भनिसकेका छौं,’ सत्यरामको भनाई उद्धृत गर्दै उनका भतिजा रामेश्वरले भने। त्रिविका एक प्राध्यापकमार्फत रोहिंग्याहरू सत्यरामको सम्पर्कमा पुगेका थिए। खाली रहेको जग्गा भाडामा लागेर पैसा आउने भएपछि बस्न अनुमति दिएको सत्यरामका भतिजा रामेश्वरले बताएको समाचार कान्तिपुर दैनिकमा छ।

रोहिंग्याका टोली नेता महोम्मद युसुफले टहरा निर्माणको लागि ६ लाखभन्दा बढी खर्च भइसकेको भन्दै बस्ने अर्को विकल्प पनि नभएको बताए। ‘यतिका संरचना बनाइसक्यौं, अहिले के के कुराले अप्ठ्यारो भयो भनेर हट्न भन्न थाल्नुभएको छ।

युसुफले भने, ‘आफ्नो देश हैन, आफ्नो ठाउँ हैन, कहाँ जाने, के खाने केही टुंगो छैन।’ नेपालले शरणार्थी मान्यता नदिए पनि संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयोग यूएनएचसीआरबाट शरणार्थी प्रमाणित उनीहरु काम नपाउने भएपछि अप्ठ्यारोमा परेको बताउँछन्।

प्रकाशित मिति : २०७६, २८ मंसिर शनिबार  ८ : ५६ बजे

सचिव नेतृत्वमा सिफारिस समिति नहुने : सञ्चार मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिलसम्बन्धी

मिडिया स्वतन्त्र र उत्तरदायी बनाउनेगरी विधेयक आउनुपर्नेमा जोड

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबार बसेको

राष्ट्रिय गौरवको आयोजनामा २६ प्रतिशत भौतिक प्रगति भएको जानकारी

काठमाडौं । संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबार बसेको

आज पहिलोपटक मनाइँदैछ ‘राष्ट्रिय कोदो दिवस’ वार्षिक कोदो उत्पादन ३ लाख मेट्रिक टन नाघ्यो

काठमाडौं । नेपालको कृषि प्रणालीमा सदियौँदेखि महत्व राख्दै आएको परम्परागत

नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी