२०८३, १८ बैशाख शनिबार

पनौती नगरपालिकाले यो वर्ष पनि किसानलाई पाडि बितरण गर्ने

पनौती नगरपालिकाले यो वर्ष पनि किसानलाई पाडि बितरण गर्ने


धुलिखेल, २६ मंसिर: काभ्रेको पनौती नगरपालिकाले यो वर्ष पनि किसानलाई भैसीको पाडि बितरण गर्ने भएको छ ।

बुधबार बसेको कार्यपालिका बैठकले पशु पालनमा लागेका किसानलाई नगरपालिकाले ३ सयवटा पाडि वितरण गर्ने निर्णय गरेको हो । पाडिको माग गर्दै नगरको बाह्र वटा वडाका किसानबाट एक हजार वटा निवेदन परेको छ । नगरपालिकाले यस वर्ष ३ सयवटा मात्रै पाडि वितरण गर्ने र बाँकी किसानलाई अर्को त्यहि निवदेनको आधारमा वितरण गर्ने नगरपालिकाका प्रमुख भिम प्रसाद न्यौपानेले जानकारी दिए । ‘किसान दाजुभाई दिदी बहिनीहरुबाट पाडीका माग धेरै नै आएको छ, उनले भने ‘हामीलाई क्रमिक रुपमा वितरण गर्दै लैजान्छौ, यो वर्ष ३ सय किसानलाई मात्रै वितरण गर्छौ ।’

छनौटमा परेका किसानले सुरुमा पाँच हजार नगरपालिकामा बुझाउनुपर्ने छ । त्यो रकम पाडी लगेर ब्याएपछि सुत्केरी भत्ताको रुपमा फेरी किसानलाई नै फिर्ता गरिने प्रमूख न्यौपानेले बताए। पनौती नगरपालिकाको वडा नम्बर १, २, ३ र १२ भौसी पालनको लागी पकेट क्षेत्र मानिएको छ ।

वितरण गर्न लागिएको पाडीको मुल्य अहिले ३३÷३४ हजार सम्म पर्ने बताईएको छ । नगरपालिकाले किसानलाई पाडीको बिमा र औषधी उपचार खर्च पनि दिने गरेको छ । नगरपालिकाले अघिल्लो वर्षदेखि पाडी वितरण अभियान थालेको हो । ‘अघिल्लो वर्ष वितरण गरेको पाडीबाट किसानहरुले आम्दानी पनि लिन थालिसक्नु भएको छ, प्रमूख न्यौपानेले भने ‘हामीले पाडीको बिमा, औषधी उपचार खर्च र सुत्केरी भत्ता पनि दिने गरेका छौँ ।’ नगरपालिकाको यो योजना जिल्ला भित्र मात्रै होइन देशभरका स्थानीय तहका लागि उदाहरणीय बनेको छ ।

प्रकाशित मिति : २०७६, २६ मंसिर बिहीबार  ८ : ५९ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा