२०८३, ८ कार्तिक आईतबार

पनौती नगरपालिकाले यो वर्ष पनि किसानलाई पाडि बितरण गर्ने

पनौती नगरपालिकाले यो वर्ष पनि किसानलाई पाडि बितरण गर्ने


धुलिखेल, २६ मंसिर: काभ्रेको पनौती नगरपालिकाले यो वर्ष पनि किसानलाई भैसीको पाडि बितरण गर्ने भएको छ ।

बुधबार बसेको कार्यपालिका बैठकले पशु पालनमा लागेका किसानलाई नगरपालिकाले ३ सयवटा पाडि वितरण गर्ने निर्णय गरेको हो । पाडिको माग गर्दै नगरको बाह्र वटा वडाका किसानबाट एक हजार वटा निवेदन परेको छ । नगरपालिकाले यस वर्ष ३ सयवटा मात्रै पाडि वितरण गर्ने र बाँकी किसानलाई अर्को त्यहि निवदेनको आधारमा वितरण गर्ने नगरपालिकाका प्रमुख भिम प्रसाद न्यौपानेले जानकारी दिए । ‘किसान दाजुभाई दिदी बहिनीहरुबाट पाडीका माग धेरै नै आएको छ, उनले भने ‘हामीलाई क्रमिक रुपमा वितरण गर्दै लैजान्छौ, यो वर्ष ३ सय किसानलाई मात्रै वितरण गर्छौ ।’

छनौटमा परेका किसानले सुरुमा पाँच हजार नगरपालिकामा बुझाउनुपर्ने छ । त्यो रकम पाडी लगेर ब्याएपछि सुत्केरी भत्ताको रुपमा फेरी किसानलाई नै फिर्ता गरिने प्रमूख न्यौपानेले बताए। पनौती नगरपालिकाको वडा नम्बर १, २, ३ र १२ भौसी पालनको लागी पकेट क्षेत्र मानिएको छ ।

वितरण गर्न लागिएको पाडीको मुल्य अहिले ३३÷३४ हजार सम्म पर्ने बताईएको छ । नगरपालिकाले किसानलाई पाडीको बिमा र औषधी उपचार खर्च पनि दिने गरेको छ । नगरपालिकाले अघिल्लो वर्षदेखि पाडी वितरण अभियान थालेको हो । ‘अघिल्लो वर्ष वितरण गरेको पाडीबाट किसानहरुले आम्दानी पनि लिन थालिसक्नु भएको छ, प्रमूख न्यौपानेले भने ‘हामीले पाडीको बिमा, औषधी उपचार खर्च र सुत्केरी भत्ता पनि दिने गरेका छौँ ।’ नगरपालिकाको यो योजना जिल्ला भित्र मात्रै होइन देशभरका स्थानीय तहका लागि उदाहरणीय बनेको छ ।

प्रकाशित मिति : २०७६, २६ मंसिर बिहीबार  ८ : ५९ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना