२०८३, १२ असार शनिबार

काभ्रेमा अझै २६ करोड विद्यूत महशुल संकलन हुन सकेन

काभ्रेमा अझै २६ करोड विद्यूत महशुल संकलन हुन सकेन


धुलिखेल २६ मंसिर काभ्रेमा पछिल्लो समय विद्यूत चोरी गर्नेको संख्या निकै कम हुदैँ गएको छ । बनेपा स्थित नेपाल विद्यूत प्राधिकरणका प्रमूख रञ्जनराज गुरुङका अनुसार हाल जिल्लामा विद्यूत चुहावट १७ प्रतिशत मात्रै छ ।

१० महिना अघि २४ प्रतिशत चुहावट हुदैँ आएको थियो । चालु आर्थिक वर्षको १० महिना अवधिमा विद्यूत चोरी गर्नेबाट १० लाख रुपैयाँ रकम संकलन भएको प्रमूख गुरुङले जानकारी दिनुभयो । जिल्लामा २६ करोड रुपैयाँ विद्यूत महशुल संकलन हुन बाँकी छ । त्यसमा सडक बत्तीको मात्रै १४ करोड रुपैयाँ रहेको छ ।

काभ्रेमा दुई वटा वितरण केन्द्र छन् । पाँचखालमा रहेको वितरण केन्द्र अन्तर्गत २ करोड र बनेपा वितरण केन्द्र मार्फत २४ करोड रकम संकलन बाँकी रहेका हुन् । १३ स्थानीय तह मध्ये पाँचखाल वितरण केन्द्रमा पाँचखाल नगरपालिका, मण्डनदेउपुर नगरापालिका, भुम्लु, चौरीदेउराली र तेमाल गाउँपालिका पर्छन् ।

त्यस्तै बनेपा वितरण केन्द्रमा धुलिखेल, पनौती, बनेपा र नमोबुद्ध नगरपालिका, बेथानचोक, रोशी, खानीखोला र महाभारत गाउँपालिका रहेका छन् । विद्यूत महशुल संकलनका लागि बनेपा, पनौती, धुलिखेल, भकुण्डे र पाँचखाल गरी ५ ठाउँमा महशुल काउण्टर राखिएको छ । तर भौगोलिक विकटताका कारण समयमै महशुल संकलन हुन नसकेको काभ्रे वितरण केन्द्रका प्रमूख गुरुङले बताए ।

प्रकाशित मिति : २०७६, २६ मंसिर बिहीबार  ८ : २५ बजे

सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

भक्तपुर, १२ असार : सूर्यविनायक नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा

रास्वपाले पायो तीन नयाँ सहमहामन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट हरि ढकाल,

रास्वपा महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य

फिफाबाट एन्फा निलम्बित, राष्ट्रिय टिमदेखि क्लबसम्म अन्तर्राष्ट्रिय प्रतियोगितामा रोक

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा (FIFA) ले अखिल नेपाल

रास्वपा महाधिवेशनः बिहान ७ बजेसम्म १८ सय प्रतिनिधिले गरे मतदान

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत राति १२ बजेदेखि