२०८३, २० आश्विन बुधबार

भूमीको नाप, नक्सा सम्बन्धी पढाई स्नातकोत्तर तहमा पनि : मन्त्री अर्याल

भूमीको नाप, नक्सा सम्बन्धी पढाई स्नातकोत्तर तहमा पनि : मन्त्री अर्याल


काभ्रे २४ मंसिर भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले अब नाप, नक्सा सम्बन्धी प्रविधिको पढाइ स्नातकोत्तर तहमा पनि गरिने बताएकी छन् ।

भूमि प्रशिक्षण केन्द्रले नापनक्सा सम्बन्धी आधुनिक एवं भूमि व्यवस्थापनको क्षेत्रमा क्षमता विकास र शैक्षिक प्रवर्द्धन’ विषयमा मंगलबार काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको अन्तराष्ट्रिय गोष्ठी उदघाटन गर्दै मन्त्री अर्यालले अब नाप पक्सा सम्बन्धी विषयमा स्नातकोत्तर तहको पढाइ पाठ्यक्रममा समावेश गरिने बताएकी हुन् ।

नाप नक्सा सम्बन्धी प्रविधी अन्तर्राष्ट्रिय स्तरको बनाइने बताउदैँ मन्त्री अर्यालले अन्तर्राष्ट्रिय गोष्ठीबाट नापपक्सा तथा भूमि व्यवस्थापनको क्षेत्रमा विकास भएका नविनतम प्रविधि एवं अवधारणाहरूले अध्ययन, अनुसन्धान, उपयोग तथा कार्यान्वयनको क्रममा प्राप्त अनुभवको आदानप्रदानबाट सबै सहभागीहरू लाभान्वित हुने बताइन । गोष्ठीबाट अन्तर्राष्ट्रिय सहकार्य र पाठ्यक्रम विकासमा अझ बढी चासोको विषय हुने भन्दै उनले केन्द्रले पाठ्यक्रम विकासमा मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले नेपालले ’नेपाल भ्रमण वर्ष २०२०’ मनाइरहेको सन्दर्भमा कार्यक्रममा आमन्त्रित विदेशी पाहुनाहरूलाई नेपालकाके भ्रमण गर्न मन्त्री अर्यालले आग्रह गरिन ।
त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरियङ अध्यन संस्थान अन्तर्गत पश्चिमाञ्चल क्याम्पस पोखरामा सञ्चालन हुन लागेको नापनक्सा क्षेत्रको स्नातकोत्तर तहको पाठ्यक्रममाथि विज्ञहरूको सुझाव संकलन गर्न कार्यशाला आयोजना गरिएको बताइएको छ । केन्द्रले विश्वविद्यालयहरूसँगको सहकार्यलाई निरन्तरता दिने मन्त्री अर्यालको विश्वास छ ।

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र धुलिखेलले आयोजना गरेको गोष्ठीमा नेपाल, भारत, चीन, टर्की, यूक्रेन, चेक रिपब्लिक, रसिया, अष्ट्रेलिया, नेदरल्याण्ड, बेल्जियम, अफगानिस्तान, मंगोलिया लगायतका १३ देशका सहभागी रहेको केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टले जानकारी दिए । दुई दिनसम्म गोष्ठी चल्ने गोष्ठीमा १५० बढी सहभागी रहेका छन् ।

प्रकाशित मिति : २०७६, २४ मंसिर मंगलबार  १ : ५५ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय