२०८३, ८ कार्तिक आईतबार

भारतका चर्चित क्रिकेटर सचिन काभ्रेको पात्लेखेतमा

भारतका चर्चित क्रिकेटर सचिन काभ्रेको पात्लेखेतमा


  • रवि धिताल

काभ्रे, ३० कात्तिक : विश्व क्रिकेट जगतमै चर्चित भारतीय क्रिकेटर सचिन तेन्दुलकर काभ्रेको पात्लेखेत पुगेका छन् । क्रिकेटर तेन्दुलकरले नेपालकै पहिलो सुरक्षित खानेपानी घोषणा गरिएको धुलिखेल नगरपालिकाको वडा नम्बर ११ धिताल टोलमा पुगेर धाराको अवलोकन गरेको वडाध्यक्ष विष्णु धिताल काभ्रेलीले जानकारी दिए ।

युनिसेफको सद्भावना दूतका रुपमा नेपाल आएका तेन्तुलकरले धिताल टोल पुगेर खानेपानी धाराको अवलोकन गर्नुका साथै किशोरी समूहले आयोजना गरेको हातधुने कार्यक्रममा समेत सहभागिता जनाएका थिए । गाउँमा विश्वकै चर्चित क्रिकेट खेलाडी आउनेसुनेपछि टाढा टाढादेखिका बालबालिका समेत तेन्दुलकरलाई हेर्न धिताल टोलमा आइपुगेका थिए ।

धिताल टोलमा एकघर, एक धारा कार्यक्रम अन्तर्गत २० घर धुरीमा खानेपानीको धारा निर्माण गरिएको अध्यक्ष काभ्रेलीले बताए । धुलिखेल नगरपालिकाको समन्वय र सिविक फोरमको सहजीकरणमा धिताल टोल पुगेका तेन्दुलकरले त्यहाँका बालबालिकासँग आफ्नो अनुभव समेत साटासाट गरेका थिए ।

बालअधिकारसम्बन्धी महासन्धी पारित भएको ३० वर्ष पुगेको अवसरमा युनिसेफले नेपाल ल्याएको मौकामा तेन्दुलकर पात्लेखेत पनि पुगेका हुन् ।

प्रकाशित मिति : २०७६, ३० कार्तिक शनिबार  ७ : ०४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना