२०८३, १ असार मंगलबार

दिल्लीको धुलोले तराई प्रदूषित

दिल्लीको धुलोले तराई प्रदूषित


काठमाडौं, कात्तिक २१ : दिल्लीको धुलोले नेपालको सीमा जोडिएका तराईका केही स्थान प्रदूषित बन्न पुगेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुगमनले भारतको राजधानी दिल्लीको धुलो र धुवाँ उड्दै नेपालको सीमामा आइपुगेको देखाएको हो ।

नेपालको सीमामा आइपुगेको प्रदूषण काठमाडौँमा नभित्रिने सो महाशाखाले स्पष्ट गरेको छ । हाल दिल्लीमा धुलो र धुवाँको प्रदूषण उच्च छ । सरकारले दिल्लीमा सङ्कटकाल घोषणा गरेर मानव आवागमन न्यून बनाइरहेको बेला नेपालमा पनि त्रास बढेको छ ।

राजधानीका मुख्य सडक धुलोरहित बन्दै गएका बेला यस्तो त्रास बढेको हो । काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको बु्रमरले दैनिक धुलो सङ्कलनमा तीव्रता दिएसँगै धुलो प्रदूषण कम भएको हो । महानगरले २०७५ चैत १२ बाट पाँचवटा बु्रमर परिचालन गरेको छ । यो समाचार आजको राजधानी दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

प्रकाशित मिति : २०७६, २१ कार्तिक बिहीबार  ६ : ४४ बजे

प्रतिनिधिसभामा आज पनि बजेट बहस, गृहदेखि अर्थ मन्त्रालयसम्मका विनियोजन शीर्षकमाथि छलफल

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई