२०८२, २२ जेष्ठ बिहीबार

‘सहुलियत ऋण पाउने सुनिश्चिता गर्छौं’ : ज्ञवाली

‘सहुलियत ऋण पाउने सुनिश्चिता गर्छौं’ : ज्ञवाली


काभ्रे, १३ कात्तिक: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प लाभग्राहीलाई तीन प्रतिशत सहुलियतमा ऋण पाउने व्यवस्थाको सुनिश्चित गर्ने बताउनुभएको छ ।

तस्बिर : पेमा लामा(रासस)

भूकम्प लाभग्राहीको समस्या र उनीहरुले निर्माण गरेको निजी आवासको अवस्था कस्तो छ भन्ने विषयमा आज काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं ११ पात्लेखेतमा अर्थ मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, विश्व बैंकलगायतका संस्थाका प्रतिनिधिको उपस्थितिमा भएको अन्तक्र्रियामा उहाँले सहुलियत ऋणका विषयमा सरकार र बैंकसँग सहमति भइसकेको बताउनुभयो ।

 

तस्बिर : पेमा लामा(रासस)

उहाँले भन्नुभयो, “विगतमा दूई प्रतिशत ऋण लिन पाउने व्यवस्थाको कुरा गरे पनि त्यो पूरा हुन सकेन । मैले कार्य जिम्मेवारी सम्हालेपछि तत्कालै सरकारसँग कुरा गरेर गरेको निर्णयअनुसार राष्ट्रिय वाणिज्य बैंकले न्यूनतम ६ प्रतिशतसम्म ऋण दिन सकिने व्यवस्था भएको र त्यसमा दूई प्रतिशत थप गर्दा ८ प्रतिशत हुने र त्यसमा पाँच प्रतिशत सरकारले तिरीदिने गरी छलफल भइसकेको छ ।”

उहाँले बैंकमा तिर्नुपर्ने पाँच प्रतिशत ब्याजदर रकम तिरिदिने विषयमा सहमति भइसकेको हुनाले ऋण लिनेको विवरण सङ्कलन गरी जिल्लामा छलफल गरी त्यसको टुङ्गो लगाउन सबै लाग्न आग्रह गर्नुभयो । “जुन कुरा दिने भनेर प्रतिबद्धता जनाएको छ, त्यो काम पूरा गर्न प्राधिकरण प्रतिबद्ध छ”, उहाँले भन्नुभयो, “भविश्यमा पनि प्राधिकरण लाभग्राहीको बीचमा र नगरपालिकासँग बसेर काम गर्न चाहन्छ ।”

धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुले सबैको सहयोगमा भूकम्प पुनःनिर्माणको काममा अगाडि बढ्न सकेको बताउनुभयो । सो क्रममा उहाँले ४५ प्रतिशत पुनःनिर्माणको काम सम्पन्न भएकामा खुशी व्यक्त गर्दै भूकम्पका बेलामा सडक, खानेपानी, अस्थायी आवास नभएको अवस्थामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र नेपाल सरकारबाट सहयोग पाएर समुदायमा केही व्यवस्थापन गर्न सकेको बताउनुभयो ।

अन्तक्र्रियामा विश्व बैंकका देशीय निर्देशक फारिस एज हदले नेपाल आएर मात्रै नभई पुनःनिर्माणको काममा साझेदारी गरेर सहयोग गरेकामा खुशी व्यक्त गर्नुभयो । वडा नं ११ का वडा अध्यक्ष विष्णु धितालले वडामा एक हजार हजार १७ लाभग्राही रहेकामा ४६२ घरपरिवारले घर निर्माण गरिसकेको र ६६२ घरपरिवारले दोस्रो किस्ता लिइसकेको जानकारी दिनुभयो । रासस

 

प्रकाशित मिति : २०७६, १३ कार्तिक बुधबार  ९ : ५३ बजे

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप

आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

काठमाडौं । आज जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक