२०८२, ६ फाल्गुन बुधबार

मोदीले ओलीलाई हस्तान्तरण गरेको धर्मशालामा तीन तारे होटल

मोदीले ओलीलाई हस्तान्तरण गरेको धर्मशालामा तीन तारे होटल


काठमाडौं, कात्तिक ७ : भारत सरकारले २४ करोड अनुदानमा बनाइदिएको धर्मशाला पशुपति क्षेत्र विकास कोषले ठेक्कामा दिएको छ। पशुपति क्षेत्रभित्र रहेको सो धर्मशाला अब तीनतारे होटेलका रुपमा सञ्चालन हुँदै छ। नेपालमा होटेलको अभाव भएर धर्मशाला बनेको होइन।

सर्वसाधारण तीर्थालु तथा पर्यटक सुलभ दरमा बस्न पाउन् भनेर धर्मशाला बनेको हो। तर, धर्मशाला नै होटेल बनेपछि महंगो पैसा तिर्न सक्नेले मात्र बस्न पाउने भएका छन्। बिमस्टेक सम्मेलनका बेला नेपाल आउँदा प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई धर्मशाला हस्तान्तरण गरेका थिए। तर, एक वर्षको सेरोफेरोमा पशुपति क्षेत्र विकास कोषले धर्मशाला १५ वर्षका लागि बतास समूहको होटेल आनन्दलाई दिएको खबर नयाँ पत्रिका दैनिकमा छ।

कोष र बताससमूहबीच धर्मशाला सम्झौा भएको छ। धर्मशालामा सुलभ दरमा तीर्थालु तथा पर्टटक बस्ने सुविधा थियो, अब महँगो शुल्क तिर्ने मात्र बस्न पाउनेछन्। होटल तीनतारे बन्दै छ। १९ रोपनी क्षेत्रफलको धमैशालामा तीन सय ८८ कोठा थिए, तर अब सबै भत्काएर जम्मा ८० वटा बिलासी कोठा बनाइएको छ।

प्रकाशित मिति : २०७६, ७ कार्तिक बिहीबार  ७ : १३ बजे

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १