२०८३, ७ श्रावण शुक्रबार

रौतहट हत्याकाण्डः न्याय खोज्दा खोज्दै मारिइन् आमा

रौतहट हत्याकाण्डः न्याय खोज्दा खोज्दै मारिइन् आमा


काठमाडौं, कात्तिक ३: बम बिस्फोटका घाइतेहरुलाई इँटाभट्टामा हालेर मारिएको घटनाको अनुसन्धानमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलम पक्राउ परेलगत्तै दुर्गाभगवती गाउँपालिका–४ छतौना टोलकी रुबी खातुन न्या पाउने आशामा छिन् ।

उनले २०६४ चैतयता ३४ महिनाको अन्तरमा दाइ ओसी अख्तर र आमा रुक्साना खातुन गुमाइन् । राजनीतकि शक्तिको दबाबमा १२ वर्षसम्म थन्किएको मुद्दाको अनुसन्धान पुनः सुरु भएपछि दाइको सँगै आमाको हत्याको अन्तर्य पनि खुल्ने विश्सास उनमा बढेको छ ।

सम्धी समसुलले रुक्सानालाई सुरक्षा खतरा हुने भन्दै साँझ परेपछि नहिँड्न भनेका थिए । तर माइती घर पुगी भाइको सबै हालत बुझेर उनी साँझ करिब साढे ५ बजेतिर सम्धिनी साहजहान खातुन र जमिला खातुनसँगै घर फर्कदै थिइन् ।

साँझ खोला आफ्नै गतिमा बगिरहेको थियो । उखुबारीका पातहरु हावाको सुरमा बजिरहेका थिए । गाउँबाट अलिक परको सुनसान ठाउँमा त्यही बेला उखुबारीबाट नकाब लगाएका केही मान्छे फुत्त निस्किए । उनलाई च्याप्प समाते र बन्दुकको कुन्दाले टाउकोमा हाने । एकैछिनमा तिनीहरुले उनको टाउकोमा गोली प्रहार गरे ।यो समाचार आजको कान्तिपुर दैनिकमा जनकराज सापकोटा र शिव पुरीले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, ३ कार्तिक आईतबार  ६ : ५६ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने