२०८२, २५ भाद्र बुधबार

फरहदवामा आलम आतंकः गाउँमा प्रहरीसमेत हिँड्न डराउँछन् !

फरहदवामा आलम आतंकः गाउँमा प्रहरीसमेत हिँड्न डराउँछन् !


काठमाडौं, असोज ३० : रौतहट सदरमुकाम गौरस्थित जिल्ला प्रहरी कार्यालयबाट ११ किमि पश्चिममा छ फरहदवा गाउँ। हाल राजपुर नगरपालिका–२ मा पर्ने सो गाउँका बासिन्दा शेख इद्रिसको घरमा २७ चैत ०६४ को साँझ ६ः१५ मा भएको थियो बम विस्फोट। १२ वर्षपछि बुधबार अपरान्ह फरहदवा गाउँ पुग्दा सन्नाटा थियो। इलाका प्रहरी कार्यालय राजपुरमा प्रहरी खचाखच थिए।

१५ जनाको दरबन्दी भएको कार्यालयमा ९० जनाको फौजले भरिँदा प्रहरी कार्यालय अस्तव्यस्त थियो। खासमा मोहमद अफ्ताव आलमको आतंक भएको सो क्षेत्रमा प्रहरी पनि सानो समूहमा हिँड्न डराउँछन्। अझ उनलाई गिरफ्तार गरेपछि सो क्षेत्रमा अशान्ति मच्चिने र प्रहरी कार्यालयमा समेत आक्रमण हन सक्ने आशंकाले प्रशासनले प्रहरीको फौज बढाएको छ भन्ने खबर नागरिक दैनिकमा छ।

प्रदेश राजधानी जनकपुरबाट समेत प्रहरी मगाइएका छन्। अझ आलमलाई पक्राउ गर्दा त राज्यले ठूलै जोखिम लिए जस्तो अवस्था थियो। किनकि उनलाई पक्राउ गर्ने नेपाल प्रहरीको टोलीलाई साथ दिन शसस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि स्ट्याण्डबाई थियो। ठाउँ अभावमा इलाका प्रहरी कार्यालय परिसरमा पाल टाँगेर प्रहरी सुन्ने गरेका छन्। आलम आतंको कारण सानो भ्यानमा होइन, ट्रक भरेर मात्र प्रहरीले गस्ती गर्ने गरेको छ।

प्रकाशित मिति : २०७६, ३० आश्विन बिहीबार  ६ : ५२ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा