२०८२, १६ असार सोमबार

गाईखुरा महादेव मन्दिरमा भक्तजनको भीड

गाईखुरा महादेव मन्दिरमा भक्तजनको भीड


चरिकोट, २९ असोज:दोलखा मेलुङ्ग गाउँपालिका–२ सुकाठोकरमा रहेको प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म यातायात सञ्चालनमा आएसँगै भक्तजनको भीड लाग्न थालेको छ । सडक सञ्जालदेखि टाढा रहेको दोलखाकै प्रसिद्ध गाईखुरा महादेव मन्दिरसम्म स्थानीय तहको संरचनासँगै सडक यातयातले जोडिएका कारण हाल मन्दिरमा भक्तजनको सङ्ख्यामा वृद्धि हुँदै आएको मन्दिरका पुजारी शिवहरि पण्डितले बताउनुभयो । पर्यटकीय गन्तव्यको रूपमा समेत विकास भइरहेको गाईखुरा महादेव मन्दिरसम्म पुग्नका लागि सडक स्तरोन्नतिको कामसमेत भइरहेको छ ।

तीन शक्ति, एक शिला र पाँच अवतार रहेको गाईखुरा महादेव मन्दिर धार्मिक मान्यताका साथै प्राकृतिक सौन्दर्यले पनि प्रसिद्ध रहेको छ । गाईखुरा महादेवको शिलामा गाईको पाइला, थुन, बाघको पञ्जा, शिवलिङ्ग र दुई पहेँला नाग स्पष्ट देख्न सकिन्छ । यो मन्दिरमा वेद, रुद्री, चण्डी र सवालाख बत्ती बालेर दर्शन गरेमा जुनसुकै सङ्कट परे पनि समाधान हुने, आपतविपत दुर्घटनाबाट बचाउने, अकालमा मर्नबाट जोगाउने, धन प्राप्ती हुने विश्वास रहँदै आएको छ ।

विगतदेखि नै स्थानीयवासीले नै सुधार र संरक्षण गर्दै आएको यो स्थानमा हाल गाउँपालिकाले जिम्मा लिएर वरिपरि कम्पाउण्ड निर्माण गर्न रु ३० लाख बजेटको व्यवस्था गरी निर्माणकार्य अन्तिम चरणमा पु¥याएको छ । प्रसिद्ध गाईखुरा महादेवको मन्दिर प्रचारप्रसार र पूर्वाधारका अभावका कारण ओझेल परेको भन्नुहँदै गाउँपालिका अध्यक्ष नरबहादुर श्रेष्ठले मन्दिरको व्यवस्थापन र पूर्वाधार निर्माणका लागि गाउँपालिकाले बजेट विनियोजनसमेत गरेको बताउनुभयो ।

नयाँ तीर्थस्थलको रूपमा श्रद्धालु भक्तजनले रुचाएको गाईखुरा महादेव मन्दिरसम्म नै यातायात सञ्चालन भएपछि टाढा–टाढादेखि आएर रात बसेर पूजापाठ र दर्शन गरी श्रद्धालु भक्तजन फर्कने गर्दछन् । हाल मन्दिरमा दर्शन गर्नका लागि भारतीय दर्शनार्थी पनि आउन थालेको मन्दिरका पुजारी शिवहरि पण्डितले बताउनुभयो ।

प्रकाशित मिति : २०७६, २९ आश्विन बुधबार  ६ : ५९ बजे

मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु यस्ता छन्

काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले सार्वजनिक खरिद पुनरावलोकन समितिको

प्रहरीका तल्लो तहका कर्मचारीलाई ‘आधारभुत तह’ सम्बोधन गर्न प्रस्ताव

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरी संगठनमा कार्यालय सहयोगी, नेपाल

शीतनिवासमा प्रतिकात्मक रोपाइँ, राष्ट्रपति पौडेल सहभागी

काठमाडौ । असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन

बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न खडा गरेका छ : सभामुख घिमिरे

काठमाडौँ । सभामुख देवराज घिमिरेले बेरुजुले वित्तीय अनुशासन पक्षमा प्रश्न

आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको