२०८२, २४ चैत्र बुधबार

कुनै पनि काम गर्न नपाउने गरी महरा र आलम सांसदबाट निलम्बित

कुनै पनि काम गर्न नपाउने गरी महरा र आलम सांसदबाट निलम्बित


काठमाडौं, असोज २७ : निवर्तमान सभामुख कृष्णबहादुर महरा र कांग्रेस सांसद् मोहम्मद आफताब आलमले सांसद् सदस्यको हैसियतबाट कुनै पनि काम गर्न नपाउने भएका छन्। जसबाट उनीहरूको सांसद पद निलम्बन सरह हुने भएको छ।

निवर्तमान सभामुख महरालाई संसद् सचिवालय स्वास्थ्य शाखाकी एक कर्मचारीलाई बलात्कार प्रयास गरेको जाहेरी परेपछि जबरजस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको सिलसिलामा असोज १९ गते बालुवाटरस्थित सभामुख निवासबाट पक्राउ गरिएको थियो भने सांसद आलामलाई २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम बिस्फोटको घटनामा संलग्न भएको आरोपमा आइतबार रौतहटबाट पक्राउ गरिएको छ।

प्रतिनिधिसभा निर्वाचन २०७४ मा निवर्तमान सभामुख महरा तत्कालीन नेकपा (माओवादीकेन्द्र)बाट दाङ २ बाट निर्वा्चित हुन् भने आलाम नेपाली कांग्रेसबाट रौतहट २ मा निर्वा्चित सांसद हुन्।

दुवैजनाको नैतिक पतन देखिने फौजदारी अपराध भएकाले नेपालको संविधान र प्रतिनिधिसभा नियमावली २०७५ बमोजिम दुवैको सांसद् पद निलम्बन सरह भएको छ। पक्राउ अवधिभर उनीहरूले सांसद सदस्यको हैसियतबाट कुनै काम गर्न नपाउने र प्राप्त हुने कुनै सेवा सुविधा उपलब्ध हुनेछैन। यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, २७ आश्विन सोमबार  ८ : १३ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि