२०८२, ६ बैशाख शनिबार

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु


काठमाडौं, असोज २७ : अमेरिकाको ओहायोको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजना अवस्था गम्भीर छ। स्थानीय समाचार संस्था डब्ल्युसिएमसएचका अनुसार स्थानीय सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा राति १० बजे दुर्घटना भएको थियो।

दुर्घटनामा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको निधन भएको हो। २२ वर्षीया सिर्जना विश्वकर्मा (कुनै माध्यममा उनको नाम तारा पनि लेखिएको छ)को माउन्ट कार्मल अस्पताल उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ।

दुर्घटनामा तीन वटा गाडी ठोक्किएका थिए। अर्को गाडीमा सवार खालेब वाट्सन र कोबी स्टिलवेललाई पनि ग्रान्ट मेडिकल सेन्टर अस्पताल लगिएको थियो। स्टिलवेलले हाँकेको विश्वकर्माले हाँकेको टोयोटा क्याम्रीसँग ठोक्किएको थियो। स्टिलवेलको कार गएर टोयोटा टकोमा ट्रकमा बज्रिएको थियो।

प्रकाशित मिति : २०७६, २७ आश्विन सोमबार  ७ : ३३ बजे

धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का जात्रा (फोटो फिचर)

काठमाडौं । ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्व बोकेको टोखाको बिस्का

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो : कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि

नेपालको स्वास्थ्य सेवा सुधारमा सघाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्र

आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

अब तीनकुनेमा प्रदर्शन र सभा नगर्न समितिको निर्देशन

काठमाडौं । अबदेखि तीनकुने र आसपाको क्षेत्रमा कुनै पनि प्रकारका