२०८३, १७ बैशाख शुक्रबार

चिनियाँ राष्ट्रपति सी नेपाल आइपुगे

चिनियाँ राष्ट्रपति सी नेपाल आइपुगे


काठमाडौं, असोज २५ : दुई दिने राजकीय भ्रमणका लागि विश्वका शक्तिशाली राजनीतिज्ञ एवं चीनका राष्ट्रपति सी जिनपिङ नेपालको राजधानी काठमाडौं आइपुगेका छन्। सीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानसम्मै पुगेर स्वागत गरेकी थिइन्। दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपराह्न ५ बजे काठमाडौं ओर्लिएका चीनका राष्ट्रपति सीलाई स्वागत गर्न नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र मन्त्रीहरू, संवैधानिक अंगका प्रमुखहरू, सुरक्षा निकायका प्रमुख, सांसदहरू, सरकारका विशिष्ट अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

राष्ट्रपति सीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति सीलाई उच्च सम्मान प्रदान गरिएको छ। सीको स्वागत गर्न मन्त्रीहरू ४ बजे नै विमानस्थल पुगिसेका थिए भने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली भने सी विमानबाट बाहिर निस्किनु केही पहिले मात्रै विमानस्थल पुगेका थिए। दुई दिने अनौपचारिक भारत भ्रमणबाट राष्ट्रपति सी चेन्नइबाट नेपालका लागि उडेका थिए। उनको विमान अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा ४ : ३० बजे अवतरण गरेको थियो। उनी ५ बजे विमानबाट बाहिर निस्केका थिए।

चीनबाट राष्ट्रपतिको तहमा २३ वर्षपछि नेपाल भ्रमण भएको हो। राष्ट्रपति सीलाई अबको केही बेरमा त्रिभुवन विमानस्थलबाट तीनकुने, नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वर, टेकु, कालीमाटी हुँदै होटल सोल्टीमा लगिनेछ। चीनको तर्फबाट राष्ट्रपति सीको नेतृत्वमा अन्य चार चिनियाँ उच्च अधिकारीसहित दर्जनौँ अधिकारी काठमाडौं आइपुगेका छन्।

प्रकाशित मिति : २०७६, २५ आश्विन शनिबार  ५ : ३५ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले