२०८२, १७ श्रावण शनिबार

डाँडापारिबासीका लागि खुसीको खबर, अध्यक्ष जिम्बाको पहलमा बनखूमा इलाका प्रहरी कार्यालय

डाँडापारिबासीका लागि खुसीको खबर, अध्यक्ष जिम्बाको पहलमा बनखूमा इलाका प्रहरी कार्यालय


धुलिखेल, १६ असोज: महाभारत गाउँपालिकाको बनखूमा इलाका प्रहरी कार्यालयको स्थापना भएको छ । काभ्रेको महाभारत गाउँपालिकामा गत ७ असोजमा बसेको मन्त्री परिषदको बैठकले ईलाका प्रहरी कार्यालय स्थापना गर्ने निर्णय गरेको गृहमन्त्रालयका सहसचिव केदारनाथ शर्माले बताए । गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाको निरन्तर प्रयासबाट मन्त्रीपरिषदको बैठकले महाभारत गाउँपालिकामा इलाका प्रहरी कार्यालय राख्ने निर्णय गरेपछि महाभारतमा इलाका प्रहरी कार्यालय स्थापना हुने भएको हो ।

गत माघमा गृहमन्त्री रामबहादुर थापाले काभ्रेको महाभारत गाउँपालिकामा छिट्टै इलाका प्रहरी कार्यालय स्थापना गरिने बताएका थिए । त्यतिबेला ल्होछार कार्यक्रममा सहभागी हुन डाँडापारिको बनखु पुगेका गृहमन्त्री बादलले आम नारिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै इलाका प्रहरी कार्यालय स्थापना गरिने घोषणा गरेका थिए । मन्त्रीपरिषदको यो निर्णयसँगै गृहमन्त्रीको घोषणाले पूर्णता पाएको छ ।

यसअघि महाभारत गाउँपालिकामा इलाका प्रशासन कार्यालय स्थापना भइसकेको छ । प्रहरी प्रशासन नहुँदा गाउँपालिकाको शान्ति सुरक्षामा समस्या देखिएको थियो । यसले गाउँपालिकाकै न्यायिक समितिलाई समेत काम गर्न अप्ठ्यारो भइरहेको परिस्थितिमा सुविधा सम्पन्न कार्यालय र थप दरबन्दी सहितको इकाला प्रहरी कार्यालय स्थापना हुने भएपछि डाँडापारिको शान्ति सुरक्षा थप व्यवस्थित हुने विश्वास गरिएको छ । इलाका प्रहरी कार्यालयमा ४० जनाको दरबन्दी रहँने गाउँपलिका अध्यक्ष कान्छालाल जिम्बाले बताएका छन् । जसमा प्रहरी निरीक्षक–१, प्रहरी नायव निरीक्षक–२, प्रहरी सहायक निरीक्षक–५, हवल्दार–९, जवान–२१ र भान्से २ जना रहेका छन् । यो इलाका प्रहरी कार्यालयलाई सरकारले ‘क’ वर्गको ईप्रकामा राखेको छ । विगत लामो समयदेखि डाँडापारि क्षेत्रमा अस्थायी प्रहरी चौकी रहेकोमा हाल इलाका प्रहरी कार्यालय स्थापना हुने भएपछि स्थानीय खुसी देखिएका छन् ।

प्रकाशित मिति : २०७६, १६ आश्विन बिहीबार  ९ : १३ बजे

कप्तान साबित्रा भण्डारी ‘साम्बा’ लाई मकवानपुरमा विशेष सम्मान

हेटौंडा । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी ‘साम्बा’

जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे लोकतन्त्र र पार्टी दुवै कमजोर हुन्छ : डा शेखर कोइराला

बिराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले अहिलको युवा (जेन्जी)

रुसी राष्ट्रपति पुटिनद्वारा ओरेस्निक हाइपरसोनिक मिसाइल सेवामा प्रवेश गरेको घोषणा

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसले विकास गरेको नवीनतम

वाम आन्दोलनका अगुवा नेता तुल्सीलाल अमात्यको योगदान अतुलनीय : प्रधानमन्त्री ओली

काठमाडौं । नेपालको वामपन्थी आन्दोलनका नेता तुल्सीलाल अमात्यको योगदान नेपाली

एमाले रसुवाका अध्यक्ष जनार्दन ढकालद्वारा पुन : पार्टीमै फर्कने घोषणा

काठमाडौँ । नेकपा (एमाले) रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पुनः