२०८३, २० आश्विन बुधबार

डाँडापारिबासीका लागि खुसीको खबर, अध्यक्ष जिम्बाको पहलमा बनखूमा इलाका प्रहरी कार्यालय

डाँडापारिबासीका लागि खुसीको खबर, अध्यक्ष जिम्बाको पहलमा बनखूमा इलाका प्रहरी कार्यालय


धुलिखेल, १६ असोज: महाभारत गाउँपालिकाको बनखूमा इलाका प्रहरी कार्यालयको स्थापना भएको छ । काभ्रेको महाभारत गाउँपालिकामा गत ७ असोजमा बसेको मन्त्री परिषदको बैठकले ईलाका प्रहरी कार्यालय स्थापना गर्ने निर्णय गरेको गृहमन्त्रालयका सहसचिव केदारनाथ शर्माले बताए । गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाको निरन्तर प्रयासबाट मन्त्रीपरिषदको बैठकले महाभारत गाउँपालिकामा इलाका प्रहरी कार्यालय राख्ने निर्णय गरेपछि महाभारतमा इलाका प्रहरी कार्यालय स्थापना हुने भएको हो ।

गत माघमा गृहमन्त्री रामबहादुर थापाले काभ्रेको महाभारत गाउँपालिकामा छिट्टै इलाका प्रहरी कार्यालय स्थापना गरिने बताएका थिए । त्यतिबेला ल्होछार कार्यक्रममा सहभागी हुन डाँडापारिको बनखु पुगेका गृहमन्त्री बादलले आम नारिकको सुरक्षा सरकारको पहिलो प्राथमिकता भएको भन्दै इलाका प्रहरी कार्यालय स्थापना गरिने घोषणा गरेका थिए । मन्त्रीपरिषदको यो निर्णयसँगै गृहमन्त्रीको घोषणाले पूर्णता पाएको छ ।

यसअघि महाभारत गाउँपालिकामा इलाका प्रशासन कार्यालय स्थापना भइसकेको छ । प्रहरी प्रशासन नहुँदा गाउँपालिकाको शान्ति सुरक्षामा समस्या देखिएको थियो । यसले गाउँपालिकाकै न्यायिक समितिलाई समेत काम गर्न अप्ठ्यारो भइरहेको परिस्थितिमा सुविधा सम्पन्न कार्यालय र थप दरबन्दी सहितको इकाला प्रहरी कार्यालय स्थापना हुने भएपछि डाँडापारिको शान्ति सुरक्षा थप व्यवस्थित हुने विश्वास गरिएको छ । इलाका प्रहरी कार्यालयमा ४० जनाको दरबन्दी रहँने गाउँपलिका अध्यक्ष कान्छालाल जिम्बाले बताएका छन् । जसमा प्रहरी निरीक्षक–१, प्रहरी नायव निरीक्षक–२, प्रहरी सहायक निरीक्षक–५, हवल्दार–९, जवान–२१ र भान्से २ जना रहेका छन् । यो इलाका प्रहरी कार्यालयलाई सरकारले ‘क’ वर्गको ईप्रकामा राखेको छ । विगत लामो समयदेखि डाँडापारि क्षेत्रमा अस्थायी प्रहरी चौकी रहेकोमा हाल इलाका प्रहरी कार्यालय स्थापना हुने भएपछि स्थानीय खुसी देखिएका छन् ।

प्रकाशित मिति : २०७६, १६ आश्विन बिहीबार  ९ : १३ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय