२०८३, ७ कार्तिक शनिबार

महराको राजीनामाको सूचना संसदलाई, निर्वाचनको बाटो खुल्यो

महराको राजीनामाको सूचना संसदलाई, निर्वाचनको बाटो खुल्यो


काठमाडौं, १५ असोज । यौन दुर्व्यवहारको आरोपित सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट उप–सभामुखसामु दिएको राजीनामाको सूचना संसद सचिवालयमा आज टाँसिएको छ । उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको संसद सचिवालयले जनाएको छ ।

महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले दिएको राजीनामा पत्रमा ‘छानविन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरिएको छ । तर संसद सचिवालयको सूचनामा यसबारे भने केही उल्लेख गरिएको छैन । सूचनाको आधारमा सभामुखको पद रिक्त भएको छ भने सभामुख पदका लागि नयाँ निर्वाचनको बाटो खुल्ला भएको छ । तर राजीनामा दिएका सभामुख महराको निजी सचिवालयले भने छानविन प्रक्रिया पूरा भइसकेपछि उनी पुनः जिम्मेवारीमा फर्कने दावी गरेको थियो ।

प्रकाशित मिति : २०७६, १५ आश्विन बुधबार  ३ : २४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना