२०८३, १७ बैशाख शुक्रबार

महराको राजीनामाको सूचना संसदलाई, निर्वाचनको बाटो खुल्यो

महराको राजीनामाको सूचना संसदलाई, निर्वाचनको बाटो खुल्यो


काठमाडौं, १५ असोज । यौन दुर्व्यवहारको आरोपित सभामुख कृष्णबहादुर महराले सभामुख पदबाट उप–सभामुखसामु दिएको राजीनामाको सूचना संसद सचिवालयमा आज टाँसिएको छ । उपसभामुखको निर्देशनअनुसार प्रतिनिधिसभा नियमावलीको नियम २११ को उपनियम २ अनुसार सूचना टाँसिएको संसद सचिवालयले जनाएको छ ।

महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेसमक्ष राजीनामा दिएका थिए । उनले दिएको राजीनामा पत्रमा ‘छानविन नहुँदासम्मका लागि’ राजीनामा दिएको उल्लेख गरिएको छ । तर संसद सचिवालयको सूचनामा यसबारे भने केही उल्लेख गरिएको छैन । सूचनाको आधारमा सभामुखको पद रिक्त भएको छ भने सभामुख पदका लागि नयाँ निर्वाचनको बाटो खुल्ला भएको छ । तर राजीनामा दिएका सभामुख महराको निजी सचिवालयले भने छानविन प्रक्रिया पूरा भइसकेपछि उनी पुनः जिम्मेवारीमा फर्कने दावी गरेको थियो ।

प्रकाशित मिति : २०७६, १५ आश्विन बुधबार  ३ : २४ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले